tealaya add

अछाम - कोजाग्रत पूर्णिमाको दिन आज जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका–४, तिमिल्सैनमा भव्य दशैँमेला लाग्ने भएको छ । 

achham min

शदिऔँदेखि तिमिल्सैनमा कोजाग्रत पूर्णिमाको दिन राँगा बोकाको बलिसहित दशैँमेला लाग्ने गर्दछ । मेलामा ऐतिहासिक सांस्कृतिक देउडा नाच, न्याउलेलगायत खेलमालका कार्यक्रम हुने गर्दछन् भने स्थानीय उत्पादनको व्यापारसमेत हुने गर्दछ । 

भक्तजनले पूजापाठसँगै आफूले भाकल गरेका राँगा बोकाको बलिसमेत चढाउने गर्दछन् । तिमिल्सैनको दशैँमेलामा राँगा बोका बलि दिएर पूजाआराधना गरेमा मनोकामना पूरा हुने धार्मिक आस्थाअनुसार परापूर्व कालदेखिनै त्यहाँ बलि दिइने गरिन्छ । 

कोजाग्रत पूर्णिमाको दिन पूजापाठसहित मुख्य मेलाको समेत आयोजना गरिएको तिमिल्सैनका स्थानीय अगुवा तथा तिमिल्सेना समाजका अध्यक्ष तिलक खत्री तिमिल्सेनाले जानकारी दिए । 

तिमिल्सैनको दशैँमा विगत २०६७ सालदेखि बलि नचढाउने निर्णय गरिसकिएको भएता पनि बलिप्रथा अझै हट्न सकेको छैन । तिमिल्सैनका स्थानीयले सो निर्णयपछि बलि नचढाए पनि अन्य ठाउँबाट भाकल गरेकाले बलि चढाइरहेको पाइएको छ । केही व्यक्तिले धेरै समय अघिनै भाकल गरेकाले आआफ्नै तरिकाले बलि चढाउने गरेको बताइएको छ । 

दशैँ मेलाको अवसरमा वरदादेवीको पूजापाठका साथै रातभरि देउडा, न्याउलेलगायत स्थानीय लोकसंस्कृति झल्किने सांस्कृतिक कार्यक्रम पनि हुने गरेका छन् । 

अछाममा मनाइने ठूला दशैँमेलामध्येको तिमिल्सैनको दशैँ सकिएको ठीक एक महिनापछि बान्नीगढी जयगढ गाउँपालिकाकै वडा नम्बर १ गाजरामा पनि भव्य दशैँमेला लाग्ने गर्दछ । 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर