tealaya add

agilagi

कैलाली - कैलालीको गोदावरीमा आगलागी हुँदा दर्जन बढि चौपाया जलेर मरेका छन्। जिल्लाको गोदावरी नगरपालिका वडा नम्वर ४ का स्थानीय चन्द्रवहादुर बोहराको कच्ची घरमा आगलागी हुँदा चौपाया मरेका हुन्।

बोहराका तीन भैसी, २ गोरु, ५ बाख्रा र तीन वटा गाई जलेर मरेका हुन्। घर पनि जलेर पूर्ण रुपमा क्षती भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गहुँको नल बाल्ने क्रममा आगलागी भएको हो।

नेपालमा रेबिज संक्रमितको संख्या बढ्दै


सरकारले सन् २०३० भित्र नेपालबाट रेबिज उन्मूलन गर्ने लक्ष्य लिएको छ । सरकारी लक्ष्यअनुसार रेबिजको संक्रमित बिरामीको संख्या क्रमशः घट्नुपर्ने हो । तर, विभिन्न तथ्यांकले रेबिज संक्रमितको संख्या हरेक वर्ष बढ्दै गएको देखाएको छ । उपत्यकामा मात्रै कुकुरको संख्या ३२ हजार छ । सरकारले करिब ११ हजार कुकुरलाई मात्र रेबिजविरुद्धको खोप लगाएको छ ।

नयाँ पत्रिका लेख्छ, उपत्यकाबाहिर भएका कुकुरको तथ्यांक सरकारसँग छैन । सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका अनुसार पछिल्लो पाँच वर्षमा क्रमशः रेबिजका बिरामीको संख्या बढ्दै गएको छ । क्लिनिकल रिसर्च युनिटका संयोजक डा। शेरबहादुर पुनले तीन–चार दिनको अन्तरालमा दुईजना बिरामीमा रेबिज देखापरेको जानकारी दिए ।

रेबिज बढ्नुको कारण यस्ता लापरबाही

कुकुर घरमा बस्छ, त्यसैले खोप आवश्यक छैन भन्ने सोच्नु ।सानो कुकुरले टोकेको थियो, खोप आवश्यक छैन भन्नु ।
घाउ सानो थियो, त्यसैले खोप आवश्यक छैन भन्ने सोच्नु ।
औषधि पसलले गलत परामर्श दिनु ।
घाउ निको भइसक्यो, खोप चाहिँदैन । सानो घाउ चाँडै निको हुन्छ भन्ने ठान्नु ।
टिटानसको सुई लगाएर म ढुक्क छु भन्ने ठान्नु ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर