ak47विश्वभर लोकप्रियता कमाएको चर्चित एके–४७ राइफलका डिजाइनर मिखाइल क्लास्निकोभको मृत्यु भएको छ । ९४ वर्षका मिखाइलको रुसको उदमुर्तिकास्थित इजेभास्कमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारसंस्थाहरुले उल्लेख गरेका छन् । एके–४७ हालसम्म विश्वमै सबैभन्दा बढी प्रयोगमा आएको र रुचाइने मेसिनगन हो । तत्कालिन सोभियत संघले सन् १९५० देखि यो बन्दुकको व्यवसायीक उत्पादन थालेको थियो । दोस्रो विश्वयुद्धपछि अमेरिकासँग शुरु भएको शीतयुद्धका क्रममा रुसले यो हतियार बनाएको थियो । सन् १९६० को दशकमा चलेको भियतनाम युद्धमा क्लास्निकोभ राइफलले निकै तहल्का मच्चाएको थियो ।

कुकर्मले बदनाम भएकाहरु : प्लेन घोटालादेखि बलात्कारसम्म

अमेरिकाले सोही युद्धलाई केन्द्रीत गर्दै एम–१६ राईफल बनाए पनि भियतनामका ओसिला जङ्गलहरुमा खिया लाग्ने र जाम पर्ने समस्या देखिएको थियो । तर हो ची मिन्ह नेतृत्वको भियतकङ्गले प्रयोगमा ल्याएको रुस निर्मित एके–४७ सो युद्धमा निकै प्रभावकारी सावित भएको थियो । हाल विश्वभर नै राष्ट्रिय सुरक्षा इकाईदेखि विद्रोहीसम्मको पहिलो रोजाईमा एके–४७ राईफल पर्ने गरेको छ ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...