काठमाडौँ - भाषण गरेर गिनिज बुकमा नाम लेखाउने उद्देश्यका साथ नुवाकोट जिल्ला चिसापानीका अनन्तराम केसीले लगातार भाषण सुरु गरेका छन् । 

टेक्सास इन्टरनेशनल कलेज, मित्रपार्कमा उनले यही असोज १९ गते विहान ६ बजेदेखि भाषण सुरु गरेको उनकी श्रीमती पारु केसीले जानकारी दिइन् । 

लगातार ८४ घण्टा भाषण गरेर विश्वकीर्तिमान राख्ने उनको सोच छ । 

यसअघि भारत गुजरातस्थित सुरतका अश्विन सुडानीले यस्तो लगातार भाषणको ७५ घण्टा ३२ मिनटको रेकर्ड राखेका छन्  । उनले विभिन्न ७५ शीर्षकमा भाषण दिएको बताइएको छ । 

आज दिउँसो ३ बजेसम्म केसीले ५७ घण्टा अनवरत भाषण गरीसक्नुभएको विश्वदर्शन अभियानका अध्यक्ष नारायण प्रसाद भटृराईले जानकारी दिए । 

सो कीर्तिमानका लागि लायन्स क्लव अफ काठमाडौँ विहानीको आयोजना तथा लियो क्लवलगायतका संस्थाको सहयोगमा सो कलेजमा भाषण कार्यक्रमको आयोजना गरिएको छ । 

भाषणमा केसीले विभिन्न विषयमा प्रवचन दिनुहुन्छ भने एक घण्टामा पाँच मिनट विश्राम पाउछन । उनले दिनरात उभिएर भाषण गर्छन्  भने समय समयमा कुर्सीमा बसेर पनि भाषण गर्न पाउने प्रावधान छ । 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...