annapurna add

ang rita sherpa esLHmeil8X

विख्यात हिमआरोही आङरिता शेर्पाको निधन भएको छ। 'हिउँ चितुवा' उपनामले चर्चित आङरिताको ७२ वर्षको उमेरमा सोमबार बिहान १० बजे जोरपाटीस्थित निवासमै निधन भएको हो । उनको जन्म सोलुखुम्बुको थामेमा भएको थियो।

उनले सन् १९८३ देखि सगरमाथा आरोहण सुरु गरेका थिए । उनले बिना अक्सिजन १० पटकसम्म सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए।

त्यसै कारण उनलाई 'हिउँ चितुवा' उपनाम दिइएको थियो। उनी तीन वर्षअघिदेखि बिरामी परेर थलिएका थिए। १० पटक अक्सिजन बिनै सगरमाथा आरोहण गर्ने शेर्पालाई तत्कालीन राजा वीरेन्द्र र त्यस बेलाको सरकारले थप स्वास्थ्य खराब हुने भन्दै पर्वतारोहणमा नजान सुझाव दिएपछि विश्राम लिएका थिए।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...