1478958692 banner ad format

 
 

गुलरिया । आज दिउँसो १ बजे ठाकुरबाबा नगरपालिका–६ खैरीस्थित पूर्व–पश्चिम राजमार्गमा आज भएको मोटरसाइकल दुर्घटनामा नेपाली सेनाका प्युठ अनिल बूढा क्षेत्रीको मुत्यु भएको छ । 

accident min

दुर्घटनामा परी सख्त घाइते भएका बूढाको उपचारका लागि भुरीगाउँतर्फ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो । उनी प्युठ रवीन्द्र धनाडीले चलाएको भे ४ प ५०६७ को मोटरसाइकलको पछाडि बसेर गएका थिए । दुर्घटना परी घाइते भएका चालक धनाडीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी कार्यालय बर्दियाले जनाएको छ । 

दुबैजना नसिङ्दल सुर्खेतमा दरबन्दी भई स्थानीय निर्वाचनमा खटिएका सैनिक हुन् । उनीहरु नेपाली सेनाको आम्बास चेकपोस्टमा कार्यरत जवान हुन् । 

प्रकासित मिति

Loading...

 

yummyfood