annapurna add

mcc kharej gs

नेपाल कम्युनिस्ट पार्टी (माले) निकट अनेरास्ववियु (पाँचौं) तथा अन्य वर्गीय जनसंगठन मोर्चाहरुले जेठ २७ गते काठमाडौंमा एमसीसीको खारेजी र भारतीय हस्तक्षेपका विरुद्ध विरोध प्रदर्शनको तयारी गरेका छन् ।

दिउसो १ बजे माईतीघर मण्डलामा विरोध प्रदर्शन र कोणसभा हुने बताइएको छ । विरोध प्रदर्शनमा विद्यार्थीहरुको व्यापक सहभागिता रहने अनेरास्ववियु (पाँचौं)का अध्यक्ष घनश्याम मिश्रले जानकारी दिए।

सरकारले अमेरिकी विकास परियोजना एमसीसीलाई संसदबाट पास गर्ने भनेपछि त्यासको नेपालमा चौतर्फि विरोध भईरहेको छ । अर्थमन्त्रीले बजेटमा एमसीसीलाई राखेका छन । अमेरिकी सेनाको इण्डो प्यासिफिक कमाण्डले आयोजना गरेको पहिलो इण्डो प्यासेफिक ल्याण्ड पावर सम्मेलनमा नेपाली सेना समेत सहभागी भएको छ । सम्मेलनमा नेपाली सेनासहित विश्वका २३ देशका उच्च सैनिक अधिकारी सहभागी भएको अमेरिकी सेनाले जनाएको छ । सम्मेलनमा नेपाली सेनाका तर्फबाट बलाध्यक्षरथी प्रभुराम शर्माले सहभागिता जनाएका थिए । यी दुई घटनाले हामीलाई लज्जित तुल्याएको छ, अब विरोध व्यापक स्वरूपमा बढ्ने भन्दै अध्यक्ष मिश्रले सरकारले एमसीसी पासले त्यसले गम्भीर दुर्घटना निम्त्याउने बताए ।

नेपालमा आफ्नो सेना प्रवेश गराएर चीनलाई घेर्ने योजनाका साथ अमेरिकाले हिन्द प्रसान्त रणनीतिको योजना अन्र्तगत एमसीसी सहयोग जबरजस्ती लाद्न खोजको भन्दै नेपालमा यसको चौतर्फि विरोध भईरहेको छ । भारतले नेपाली भुमिमाथि सडक बनाउदा समेत सरकार चिर निन्द्राबाट नब्युझिएको तथा रुकुम पश्चिममा भएको नरसंहारलाई सरकारमा भएका पार्टीका नेताहरु नै राजनीतिकरण गर्न लागेको भन्दै मिश्रले भने अब निर्णायक आन्दोलनको विकल्प छैन । साथै उनले सम्पूर्ण देशभक्तहरुलाई स्वास्थ्य प्रोटोकललाई ध्यान दिंदै विरोध प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन् ।

kathmandu

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...