हेटौंडा - नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री अर्जुननरसिंह के.सी. ले नेपालको लागि कांग्रेसको विकल्प अन्य पार्टी र शक्ति नभएको बताएका छन् ।

Arjununsingh Kc


नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिको आयोजनामा आईतबार पदमपोखरीमा भएको जागरण अभियानमा बोल्दै प्रमुख अतिथि नेता केसीले कांग्रेसबाहेक कुनै लोकतान्त्रिक शक्ति नेपालको भविष्य निर्माणको विकल्पमा अहिलेसम्म नदेखिएको बताएका छन् ।


नेता के.सी.ले अहिलेका प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली दुईतिहाईको दम्भले निन्द्रामा पनि बर्बराउने गरेको भन्दै जतिबेला जे पनि गर्न सक्ने भएकाले कांग्रेसले त्यसको सामना गर्न तयार रहेको बताए। कम्युनिष्ट सरकारले गरेका नेपालको कानून र संविधान मिच्दै विभिन्न गलत निर्णय, वाईडबडीदेखि जलविद्युतसम्म व्यापक भ्रष्टाचार, शोषण, हत्याहिंशा बलात्कारीलाई प्रश्रय मात्रै दिईरहेकाले यसको बारेमा आम जनतालाई जानकारी गराउँदै खबरदारी र भण्डाफोर गर्नको लागि कांग्रेसले देशैभर जागरण अभियान थालेको बताए ।

Arjununsingh Kc1

कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले कम्युनिष्ट सरकार यसरी नै दम्भ गर्दै र निरंकुशतातर्फ जाने हो भने विश्वबाट पलायन भएको कम्युनिष्ट शासन नेपालबाट पनि विस्तारै टुट्दै पलायन भएर जाने बताए ।


नेपाली कांग्रेस मकवानपुरका सभापति एवं कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले देशका ठूला घट्नाक्रमको प्रमूख भूमिका र नेतृत्वमा कांग्रेसले राणा, पञ्चायत र राजा फाल्दै जंगलमा हतियार लिएर जनता तर्साउँदै बसेको माओवादीलाई संसदमा ल्याएर संविधानसभा निर्वाचन गराई तीनै चरणको निर्वाचन गराउन सफल भएको बताए ।
नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिका सभापति आनन्दराम पराजुलीको अध्यक्षतामा भएको हो ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर