राजविराज - सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकास्थित सकरपुराबाट प्रहरीले एकथान कटुवा पेस्तोलसहित चार जनालाई पक्राउ गरेको छ । 

arrsted

गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले सकरपुरास्थित एक घरमा मदिरा खाइरहेको अवस्थामा उनीहरुलाई आज राती ८ः३० बजे एक थान कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने तीन राउण्ड गोलीसहित पक्राउ गरिएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । 

पक्राउ परेकाको नाम प्रहरीले खुलाइएको छैन भने उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक सिँहले बताए । 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...