वीरगञ्ज - प्रहरीले वीरगंजबाट अवैध भारतीय रुपैयाँको कारोबारमा संलग्न ४ जनालाई पक्राउ गरेको छ ।

Arrested illegal Indian rupees

पक्राउ पर्नेमा वीरगञ्जका कामेश्वर शाह कलवार, भारत बिहारको समस्तीपुरका रामचन्द्र महतो, मुस्तफापुरका सहदेव महतो, र कमरावनका सहदेव कुमार छन् ।

वीरगञ्जको घण्टाघर छेउमै रहेको मार्केटमा सञ्चालित कामेश्वर भिडियो मिक्सिङ सेन्टरबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

कामेश्वरको साथबाट २७ हजार ८ सय ४० नेपाली रुपैयाँ तथा ३१ हजार ३ सय २० भारतीय रुपैयाँ फेला परेको थियो भने तीन जना भारतीयको साथबाट ३ लाख ३ हजार १ सय रुपैयाँ भेटिएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी उपरिक्षक सोमेन्द्रसिंह राठौरले बताए । पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय, पथलैया पठाइएको राठौरले बताए ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...