pskrsu dsmsd KANTIPATHNEWSAसंघीय सांसद मोहमद आफताब आलम पक्राउ परेपछि नेपाली कांग्रेसले विरोध जनाएको छ । सांसद पक्राउ परेपछि नेपाली कांग्रेसका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय रौटहटमाथि ढुंगामुढा गरेका छन् ।

नेपाली कांग्रेसका जिल्ला सभापति कृष्णप्रसाद यादवले आइतबार अपरान्ह गौरस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी सांसद आलम पक्राउ परेको घटनाप्रति सरकारको गम्भीर ध्यानकर्षण गरे ।

जिल्ला पार्टी कार्यालयमा नेपाली कांग्रेसद्धारा चियापान कार्यक्रमको तयारी गरिरहेको अवस्थामा पूर्वमन्त्री समेत रहेका सांसद आलमलाई पक्राउ गरी कम्युनिस्ट सरकारले कार्यक्रम बिथोल्ने षड्यन्त्र गरेको सभापति यादवको भनाइ छ ।

रौतहट क्षेत्र नम्बर २ बाट संघीय संसदमा निर्वाचित आलम पूर्वमन्त्री समेत हुन्। २०६४ सालको बम विस्फोटमा संलग्न रहेको आरोप लागेका सांसद आलामलाई प्रहरीले आइतबार रौतहटको गौरबाट पक्राउ परेको गरेको हो ।

२०६४ सालमा भएको संविधान सभा निर्वाचनको समयमा बम बनाउने क्रममा सर्बसाधारणको ज्यान गएको घटनाका बिषयमा प्रहरीले आलमलाई पक्राउ गरेको हो ।  प्रहरीका अनुसार उनलाई अहिले जिल्ला प्रहरी कार्यालय रौतहटमा नै राखिएको छ ।

याे पनि पढ्नुहाेस् : कांग्रेस सांसद आलम रौतहटबाट पक्राउ

mohammad aftab alam kantipathnews

रौतहट: रौतहट क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अफताब आलमलाइ रौतहट प्रहरीले आइतबार बिहान पक्राउ गरेको छ ।

नेपाली कांग्रेसबाट निर्वाचित सांसद आलमलाइ गौर नजिक इद्रीस गेटबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रबक्ता तथा डिएसपी नबिन कार्कीले जानकारी दिएका छन।

०६४ चैतमा भएको बम काण्डमा संलग्न भएको आरोपमा उनी माथि किटानी परेको थियो।

आलमलाई जिल्ला प्रहरी कार्यालय रौतहटमै राखिएको छ।

आज अदालतबाट म्याद थप गरी अनुसन्धान गरिने डिएसपी कार्कीले बताए।

उनी पुर्व यातायात मन्त्री पनि हुन्।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...