प्रनिश थापा , चितवन । चितवन प्रहरीले बहु विवाह गरेको आरोपमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

arrested multiple marriages

प्रहरीले रत्ननगर नगरपालिका वर्डा नम्बर ९ घर भई हाल भरतपुर महानगरपालिका वर्डा नम्बर १ लायन्सचोक बस्ने राजेश गुरुङ र सोही वर्डा बस्ने उनकी कान्छी श्रीमती रस्मी सुनारलाई पक्राउ गरेर आज (मंगलबार) साँझ सार्वजनिक गरेको हो ।

गुरुङले जेठी श्रीमती हुँदा हुँदै दोस्रो बिवाह गरेर कान्छी श्रीमती भित्र्याएको भन्दै जेठी श्रीमतीले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) दानबहादुर मल्लले जानकारी दिए ।

पक्राउ परेका दुवैजनालाई मुलुकी अपराध संहिता २०७४ को परिछेद २१ को दफा १७१ अन्तर्गत बहुविवाह कसुरमा चितवन अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको एसपी मल्लले बताए ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...