1478958692 banner ad format

 
 

काठमाडौँ। आजबाट औपचारिक रुपमा धान दिवस सुरु भएको छ । असार १५ को दिनलाई दही चिउरा खाने र मानो रोपेर मुरी भित्र्याउने दिन पनि भनिन्छ । 

Asaar 15 dhan diwas

कृषि विकास मन्त्रालयले भक्तपुरको चाँगुनारायण नगरपालिका झौखेलबाट औपचारिक रुपमा धान रोपाइँ सुरु गरेको छ । अनौपचारिक रुपमा किसानले असार १ गतेबाट धान रोपाइँ सुरु गरे पनि रोपाइँ साउन दोस्रो सातासम्म गरिन्छ । 

जिल्ला कृषि विकास कार्यालय, भक्तपुरको आयोजनामा आज १४ँऔँ राष्ट्रिय धान दिवस भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकामा ‘दुई बाली धानको विस्तार आर्थिक समृद्धिको आधार’ भन्ने अभियानका साथ राष्ट्रिय धान दिवस सुरु गरेको हो । 

Asaar 15 dhan diwas 2

नेपालमा २०६१ सालदेखि राष्ट्रिय धान दिवस मनाउने चलन चलेको हो । गतवर्ष ललितपुरको लेलेमा धान रोपाइँ गरी औपचारिकता प्रदान गरिएको थियो । 

संयुक्त राष्ट्रसङ्घले सन् २००४ मा पहिलो पटक अन्तराष्ट्रिय धान दिवस सम्पन्न गरेको थियो । सोही दिनलाई नेपालले औपचारिकता प्रदान गर्दै आएको छ । 

धान दिवस तस्बिरमा 

Asaar 15 dhan diwas 3

Asaar 15 dhan diwas 4

Asaar 15 dhan diwas 5

Asaar 15 dhan diwas 6

Asaar 15 dhan diwas 7

Asaar 15 dhan diwas 8

प्रकासित मिति

Loading...

 

yummyfood