tealaya add

Electrical authority bajhang kantipath

बझाङ - बझाङको सुर्मा गाउपालिका वडाँ नँ २ मा रहेको अना जेब्रेगाड लघुजलविद्युत बन्द हुदा उपभोक्ता मर्कामा परेका छन् । २०७२ सालमा बनेको जलबिद्युत करिब ५ महिना देखि मेसिन बिग्रेर बन्द हुदा उपभोत्ताहरु मारामा परेका हुन ।

३० किलोवाट क्षमता भएको जलविद्युतकोे नहर खोलाले बगाउदा झन समस्या थपिएको अना जेब्रेगाड लघुजलविद्युत उपभोक्ता समितिका अध्यक्ष लखिचन्द बोहराले बताए । जलबिध्धुत बन्द हुदा करी २सय ५० घरधुरिलाई समस्या परेको सुर्मा गाउपालिका वडा नम्बर २ का स्थानिय वासिन्दा सुबास बोहराले बताए ।

बोहराका अनुषार जनताले पाउने सेवा सुबिधामा जनप्रतिनिधिहरु र उपभोत्ता समितीले खासै चासो नदिएको आरोप लगाए । गर्दा लघुजलविद्युत उपभोक्ता समितिका अध्यक्ष बोहराले राजनितिक इगोका कारण गाँउपालीकाले जलबिध्धुत पुन निर्माण मा चासो नदिएको बताए ।

उता सुर्मा गाँउपालीका अध्यक्ष नरवहादुर वोहराले आफुलाई जलबिधुत बन्द भएको सम्बन्धमा कुनै जानकारी नभएको बताए । उनले अहिले सम्म उपभोता समितीवाट जलबिधुत मर्मतको लागी भनेर गाँउपालिकामा निवेदन समेत नपरेका बताए ।

 

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...
Loading...