annapurna add

bajhang gaurika singh१३औं दक्षिण एसियाली खेलकुद (साग) मा एकभन्दा बढी स्वर्ण जित्नेलाई प्रत्येक स्वर्णका लागि ११ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने घाेषणा भएकाे थियाे । सागमा पौडीकी गौरिका सिंहले एक भन्दा बढी स्वर्ण जितेकि थिइन। गौरिकाले ४ स्वर्ण, थप २ रजत र ३ कास्य पनि जितेकी थिइन्। जस अनुसार उनले पाउने कुल पुरस्कार रकम ६५ लाख हुन्छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीको हकमा एक स्वर्णको ११ लाख दिने निर्णय गरेकाे थियाे। अब यसरी हिसाबगर्दा गौरिका सिंहले जम्मा पुरस्कार ६५ लाख पाउने देखिन्छ।’

गौरिका सिंहको जन्म सन् २००२मा भएको थियो। लण्डनमा बस्ने गौरिकाको नेपाली खेलकुद क्षेत्रमा विशेष परिचय छ। सानै उमेरदेखि खेल जगतमा प्रवेश गरेकी गौरिकाले पौडी खेलमा थुप्रै राष्ट्रिय कीर्तिमानहरु कायम गरिसकेकी छिन्। ब्राजिलको रियो ओलिम्पिक्समा भाग लिँदा उनी सबैभन्दा कान्छी खेलाडी भनेर विश्वव्यापी चर्चामा आएकी थिइन्।

उनी डाक्टर पारस सिंह र गरिमा राणाकी सुपुत्री हुन्। पुख्र्यौली घर बझाङ भएपनि उनीहरुको परिवार दशकौँदेखि कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ भगतपुर बस्दै आएको छ। पछिल्लो समय परिवारसंगै लण्डन बस्दै आएकी गौरिका अहिले नेपालका लागि ‘कीर्तिमानी जलपरी’ भएकी छिन्। सानैदेखि पौडीमा सोखिन भएकाले उनका आमाबुवाले पनि उनको त्यो चाहनालाई पूरा गर्ने मनसाय बनाईसकेका थिए। बेलायतको एक चर्चित क्लवमा पौडी प्रशिक्षण सुरु गरेकी गौरीकाले नेपालको प्रतिनिधित्व गर्दै पौडीमा ओलम्पिकमै पदक जिताउने सोच बनाईसकेकी थिईन्।

सन २०१४ मा विदाको समयमा परिवारसंगै नेपाल आएकी गौरीकाले पहिलो पटक काठमाडौंमा भएको ग्यालेक्सी कप पौडी प्रतियोगितामा सहभागिता जनाइन्। सो प्रतियोगितामा ४ वटा विधामा राष्ट्रिय किर्तिमान बनाउदै उनले सात स्वर्ण जितीन्। त्यतिबेला देखि नै सुनिएको हो, पौडी प्रतियोगितामा गौरिकाको नाम। २०१५ मा नेपालमा भएको खुल्ला राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन काठमाडौं आइन्। सो बेला पनि उनले तीन वटा विधामा राष्ट्रिय कीर्तिमान बनाउदै स्वर्ण जितीन्। २०१५ मै विश्व पौडी च्याम्पियनसिपमा सहभागिता जनाउन अगाडी गौरीकालाई नेपाल पौडी संघले नेपाली टिमसँग प्रशिक्षण नलिएको भन्दै नाम नपठाउने तयारी ग-यो।

त्यसका विरुद्ध गौरीकाका आमाबुवाले ठोस कदम चालेपछि उनको छनौट भयो। त्यसअछि उनले सोही बर्ष रसियामा भएको विश्व एक्विटिक च्याम्पियनसिपमा सहभागिता जनाउदै एक सय मिटर ब्याकस्ट्रोक राष्ट्रिय कीर्तिमान बनाइन्। सन् २०१६ मा गौरीकाले आयरल्याण्डमा भएको आइरीस ओपन च्याम्पियनसिपमा सहभागिता जनाइन्। सो प्रतियोगितामा उनले पदक जित्न नसकेपनि महिला दुई सय मिटर फ्रिस्टाइलमा राष्ट्रिय किर्तीमान बनाइन्। सन् २०१६ को रियो ओलम्पिक प्रतियोगिताले गौरीकालाई विश्वभर चिनायो। ओलम्पिकमा सहभागिता जनाउने उनी सबैभन्दा कान्छी खेलाडी भएकाले पनि होला।

आठौं राष्ट्रिय खेलकुदको पौडी प्रतियोगितामा हुँदा उनी १६ बर्षकी थिईन्। उनले एउटै प्रतियोगितामा १२ वटा स्वर्ण जित्दै थुप्रै किर्तीमान बनाएपछि त उनको चर्चा झनै चुलियो।

प्रकासित मिति

 
 
Loading...

 

ताजा खबर