Hidden
मस्टा गाउँपालिकाका प्रहरी चौकी इञ्चार्ज भाटकाे दादागिरी : क्वारेन्टाइनमा बसेका युवकलाई कुटे
बझाङ । जिल्लाको मस्टा गाउँपालिकाको क्वारेन्टाएनमा बसेका एक युवकलाई प्रहरीले कुटपिट गरेको आरोप लागेको छ ।
मस्टा गाउँपालिका वडा नम्बर ५ को जानकी आधारभूत माविको क्वारेन्टाएनमा वसेका झलक बोहरालाई मस्टा गाउँपालिकाका प्रहरी चौकी इञ्चार्ज राजेश भाटले कुटपिट गरेको आरोप लागेको हो ।
बोहराले अरु साथीहरु पसलमा गएर रक्सी खाएर आएको भएपनि उनीहरुलाई केहि नगरी आफूलाई बिना कारण कुटपिट गरेको बताएका छन ।
‘सुरुमा प्रहरीको डरले कसैलाई पनि कुटपिट गरेको बारेमा नभनेको र पछी बाध्य भएर भन्नुपरेको हो ।’ उनले भने ।
उता मस्टा गाउँपालिकाका प्रहरी चौकी इञ्र्चाज राजेश भाटले रक्सी खाएको कारण आफूले कुटपिट गरेको र आफूसँग रक्सी खाएको मेडिकल रिपोट भएको बताए ।
यता जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख गणेश बलमे भने आफूलाई यसबारेमा कुनै जानकारी नभएको बताए ।
प्रकासित मिति
Loading...
Loading...
Loading...