bajhang

टेकेन्द्र बोहरा - बझाङ जंगलमा आगलागि तथा खडेरीका कारण बन्यजन्तु  गाउँबस्ती तिर झर्न थालेका छन । बन जंगलमा आगलागि र खडेरीका कारण पानी खान नपाएर बन्यजन्तु बजारतिर झर्न थालेका हुन । खडेरीका कारण जंगलमा भएका पानीका मुहानहरु सुक्न थालेको हँुदा पिउने पानी नपाएर बन्यजन्तु पानीको खोजीमा  गाउँबस्तीतिर झर्न थालेको डिभिजन बन कार्यालय बझाङका बन रक्षक शिद्घराज जोशीले बताए ।

खडेरीका कारण सामुदायिक वनमा भएका केहि महानहरु सुकेको भएजती पानीका मुहानहरु बाट खानेपानी योजना बनाई बजारतिर पानी ल्याउने क्रम बढिरहेकाले जंगलमा पानीको अभाव भएकाले पानी खोज्दै बन्यजन्त गाउँबस्ती तिर झर्न थालेको उनको भनाइ छ ।

३ महिना अगाडि मष्टा गाउँपालिकाका स्थानियले गाउँतिर आएको घाइते घोरल मार्दा हालसम्म जिल्ला वन कार्यालयमा मुद्घा भोगिरहेका छन ।


वन जंगलमा आगलागि तथा खडेरीले गर्दा पानीका मुहानहरु सुक्न थालेको हँदा तिर्खाएर पानी खोज्दै बन्यजन्तु बस्तीतीर झर्ने गरेको डिभिजन बन कार्यालय बझाङका निमित्त प्रमुख कर्ण बहादुर खातीले बताए ।


पानी खोज्दै बन्यजन्तु गाउँबस्तीतीर झर्न थालेपनि २ सातामा २ वटा घोरल स्थानियले नियन्त्रणमा लिएर डिभिजन वन कार्यालयमा बुझाएपछि घाइते अवस्थामा रहेका बन्यजन्तुको उपचार पछि जंगलमा छोडने गरेको उनको भनाइ छ।

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर