annapurna add

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका बाम्का बजारबाट त्रिबेणी नगरपालिकाको छतारा जाने क्रममा सादाले खोला भन्ने स्थानमा जीप दुर्घटना भएको छ ।

accident

बिहिबार दिउँसो करिब ३ः४५ बजेको समयमा ५५२ नम्बरको जीप उक्त ठाउँमा अनियन्त्रित भई दुर्घटना भएको त्रिबेणी नगरपालिका–२ का वडा अध्यक्ष प्रभुराज जैशीले जानकारी दिनुभएको छ ।

घाईते हुनेमा त्रिबेणी नगरपालिका–६ छताराका गाडी मालिक नविन खड्का,गाडी चालक नरेन्द्र रावल रहेका छन् भने यात्रुहरुमा चंखे नेपाली उहाँकी श्रीमति रजियाँ नेपाली छोरी सपना नेपाली,महेश्वरी नेपाली,छोरा आयुष नेपाली,सोही वडाकी झंकरी नेपाली रहेको आफन्त रंग नेपालीले बताउनुभएको छ । यस्तै वडा नं.–८ का विजय मिजार,सुनिल नेपाली रहेका छन् ।

घाईते मध्ये झंकरी नेपाली र रजियाँ नेपालीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । गाडी करिव ५४ मिटर तल खोलामा खसेको थियो । घाईतेको थप उपचारका लागि अहिले अछामको बयालपाटा अस्पताल पठाईएको छ ।

यस अघि पनि सोही ठाउँमा जीप दुर्घटना हुदाँ वडा अध्यक्ष सहित ४ जनाको ज्यान गएको थियो ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...