annapurna add

बाजुरा : बुढिनन्दा नगरपालिका वडा नं. ६ का तीन जना बालक भागेर भारत जान लागेको अवस्थामा जिल्ला सदरमुकाम मार्तडीमा जिल्ला प्रहरी कार्यालय बाजुराले उद्धार गरेको छ ।

Bajura police boy

घरबाट विद्यालय जान्छौ भनेर हिडेका बालकहरु विद्यालय नगएर बीच बाटो बाटै भारत तर्फ हिडेका बालकहरुलाई जिल्ला प्रहरी कार्यालयबाट खटी गएको टोलीले सदुरमुकाम मार्तडी बसपार्कमा फेला पारेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दान बहादुर रोकायाले जानकारी दिनु भएको छ ।

बुढिनन्दा नगरपालिका वडा नं.६ का दलचना रावतका छोरा १६ बर्षिया नृप राउत, मनलाल सुनारका छोरा १५ बर्षिया सुमन सुनार, मन बहादुर रावतका छोरा १५ बर्षिया रोशन रावतलाई बसर्पाकमा फेला पारि जिल्ला प्रहरी कार्यालयबाट बालकहरुलाई आफन्तको जिम्मा लगाईएको प्रहरी निरिक्षक रोकायाले बताए ।

फागुन ५ गते विद्यालय पढ्न जान्छौ भनेर हिडेका उनीहरु विद्यालय नगई भारत तर्फ जान लागेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर