annapurna add

बाजुरा : विकासका आधारभुत पूर्वाधार सबैका लागि साझा र बराबरी सेवा हकका लागि निर्माण गरिन्छ । सडक होस् की विजुली, खानेपानी होस की विद्यालय सबैको समान अधिकार र उपयोग हक बराबरी नै हुन्छ । तर त्रिवेणी नगरपालिकामा ठिक उल्टो छ ।

nanna road newsसुन्दा अच्चम लाग्ने गरि दुई पार्टीका दुइ सडक छन् । एकै स्थान र एउटै गाउँ जान नेकपा र काँग्रेसले आ आफ्नै सडक निर्माण थालेका छन् । उदेश्य र गन्तव्य एउटै भएपनि निर्माण स्वामित्व र सडक निर्माण श्रेय लिने होडबाजीकै कारण दुई पार्टीका अलग सडक निर्माण भइरहेका छन् ।

त्रिवेणी नगरपालिका ५ किम्नी र ६ पन्धाराका लागि नेकपा आस्थावानले प्रदेश सरकारको बजेट लगानीमा सडक निर्माणमा जोड दिइरहेका छन् । भने नेपाली काँग्रेस आस्थावनाले स्थानीय तहको बजेट लगानीमा सडक निर्माण गरिरहेका छन् ।

स्थानीय स्वयमले काँग्रेस र नेकपा सडक भनेर नै बुझ्ने गरेका छन् । किम्नी गाउँ जाने त्रिवेणी नगरपालिका ४ ढोगदिना भन्ने स्थानबाट नेकपा सर्मथकले सडक निर्माण गरिरहेका छन् । यस सडकमा नेकपा जिल्ला कमिटी सदस्य जंग बहादुर बुढा उपभोक्ता समिति अध्यक्ष छन् ।

उक्त सडकमा प्रदेश सरकारको लगानी रहेको छ । त्रिवेणी नगरपालिका ४ तोली देबलडाँडाबाट काँग्रेस सर्मथकले सडक खनिरहेका छन् । काँग्रेस समर्थक दानबहादुर साउँद उक्त सडकका अध्यक्ष छन् । साउँद अध्यक्ष रहेकोमा नगरपालिका र बुढा अध्यक्ष रहेकोमा प्रदेश सरकारको लगानी रहेको नेकपा जिल्ला सचिव भरत बुढाले स्वीकार गरेका छन् ।

तर दुबै सडक किम्नी गाउँका लागि निर्माण भईरहेको स्थानीय गणेश साउँदले बताएका छन् । ढोगदिनाबाट जाने सडकमा आर्थिक बर्ष ०७५।०७६ मा ५५ लाख रकम प्रदेश सरकारबाट आएको थियो । प्रदेश सरकार आफ्नो भन्दै नेकपा निकटले दाबी गरे अनुसार निर्माण थालेका हुन् ।

त्यसै आर्थिक वर्षमा त्रिवेणी नगरपालिकाले पनि २० लाख रकम छुट्याएर तोलीको देबलडाँडाबाट निर्माण सुरु गरेका छन् । यो सडकमा यो वर्ष मात्र थप ४० लाख बजेट विनियोजन गरिएको छ । तर दुबै सडक तत्काल निर्माण पुरा हुने अवस्था छैन् ।

त्यस्तै त्रिवेणी ६ पन्धारामा जाने सडक पनि नेकपाको फरक र काँग्रेसको फरक सडक निर्माण भईरहेका छन् । दुबैले मेलचौडाबाट सुरु गरेका छन् । दुबै सडकको तल माथिको दुरी २ सय मिटर पनि फरक छैन् । यसमा पनि प्रदेश सरकारको बजेटमा नेकपा निकट र स्थानीय तहको लगानीमा काँग्रेस निकट उपभोक्ता समिति बनाएर निर्माण सुरु गरेका छन् ।

काँग्रेस सर्मथकले सुरु गरेको सडकमा बाले बुढा अध्यक्ष छन्, भने नरेन्द्र बुढा नेकपा निकट सडकका अध्यक्ष छन् । प्रतिशोध र राजनीतिक आस्थाकै आधारमा सडक निर्माण भईरहेको स्थानीय शेरबहादुर शाहीले स्वीकार गरेका छन् । गतिलो छलफल र पराशर्म अभावकै कारण सडक निर्माण सुरु गर्दा यस्तो अवस्था आइपुगेको त्रिवेणी ३ का अध्यक्ष एवं काँग्रेस नेता मिनबहादुर भण्डारीले बताएका छन् ।

नेकपा र काँग्रेस दुबै पार्टीका सचिव त्रिवेणी नगरपालिकामा नै छन् । भरत बुढा नेकपा र रनसिंह अयडी काँग्रेस सचिव हुन् । नगर प्रमुख रामसिंह रावल आफै काँग्रेसका पाका नेता हुन् ।

नेकपाले काँग्रेसकै कारण अलग सडक निर्माण गर्नु परेको आरोप लगाउने गरेको छ । भने काँग्रेसले प्रदेशको बजेट सबै आफ्नै निजी जस्तै गरेर केही खास कार्यकर्ताका लागि मात्र आएको जस्तो गर्दा समस्या निम्तीएको बताउने गरेको छ ।

प्रदेशको बजेटमा कमिशनको खेल हुँदा नेकपा निकट केही व्यक्तिहरुले अलग सडक निर्माण थालेको आरोप काँग्रेसको छ । जुन द्धन्द्धको मारमा स्थानीय समयमै सडक बाटोमा सहज यात्रा पाउने छैनन् भने राज्यको लगानी दोहोरो दहन हुने देखिन्छ । यसमा जनप्रतिनिधी समेत मौन छन् ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर