1478958692 banner ad format

 
 

बनेपा । नेपाली सेनामा कार्यरत एक सिपाही शनिबार मृतावस्थामा फेला परेकी छिन् । 

Banepa Bimala Bhattarai min

काभ्रेपलाञ्चोकको बनेपा–१० जनागालस्थित मामाघरदेखि झण्डै ४०० मिटर टाढाको जंगलमा २२ वर्षीया विमला भट्टराई मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए । 

काठमाडौँको सुन्दरीजलमा नेपाली सेनामा कार्यरत भट्टराई विवाह भएको तीन महिनापछि नै श्रीमान्सँग भिन्न भएर बस्दै आएको प्रहरीले जनाएको छ । 

शरीरमा कुनै चोटपटक देखिएको पनि छैन र गहना पनि लगाएको अवस्था छ प्रनाउ राईले भने । उनले शनिबार बिहानैदेखि उनी हराएको र बेलुका ५ बजे उनको शव फेला परेको उल्लेख गर्दै घटनाको अनुसन्धान भएपछि वास्तविकता खुल्ने बताए । उनी बिहीबार मामाघर आएकी थिइन् ।

प्रकासित मिति

Loading...

 

yummyfood