annapurna add

sp nantiraj gurung copy

केहि अघि चितवन प्रहरीले यातायात व्यवसायीसँग घुस लिएको अभियोगमा तीन प्रहरीलाई पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङको टोलीले उनीहरुलाई मंगलबार राति ९ बजे पुलचोकबाट पक्राउ गरेको हो । तर चितवन प्रहरीले गरेको कामको जस बागमती प्रदेश प्रहरी प्रमुख डिआईजी बसन्त लामाले लिन खोजेको स्रोतले बतायो ।

कार्यक्षेत्रमा खटिएको समयमा यातायात व्यवसायीसँग रकम असुलेको अभियोगमा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार लोकश बहादुर घर्ती, जवान जमुना खड्का र वडा प्रहरी कार्यालय नारायणगढमा कार्यरत प्रहरी जवान पूर्णसिंह रेश्मीमगरलाई नियन्त्रणमा लिइएको हो । उनीहरुलाई घुस दिएको अभियोगमा एक किराना व्यवसायीसँगै पाँच जनालाई पक्राउ गरिएको हो । आफुले सिन्को नभाच्ने र आफुभन्दा तलको निकायले गरेको कामलाई पनि आँफैले गरे भनेर प्रचार गर्न थालेपछि कार्यसम्पादन उत्कृष्ट भएका केहि जुनियर अधिकारीहरु हतोत्साही भएका छन् ।

प्रहरीले उनीहरुको साथबाट घुसबापत लिएको रु दुई हजार १ सय ५० समेत बरामद गरेको थियो । पक्राउ परेका तीन जना प्रहरीलाई निलम्बन गरी अनुसन्धानको प्रक्रिया सुरु गरिएको छ । गुरुङका अनुसार उनीहरुले पैसा सङ्कलनका लागि नारायणगढमा रहेको कालीगण्डकी किराना पसलका सञ्चालक राजेन्द्र पराजुलीलाई जिम्मा दिने गरेका थिए । उनलाई समेत नियन्त्रणमा लिइएको प्रहरी स्रोतले बतायो ।

घुस दिने छाहारी यातायात व्यवसायी समितिका अरुण गुरुङ, नारायणी यातायात व्यवसायी समितिका एकनाथ ढुङ्गाना र दीपक खड्की रहेका छन् । यस्तै केरुङ यातायातका छिरिङ लामालाई प्रहरीलाई घुस दिएको अभियोगमा पक्राउ गरी पाँचैलाई अभद्र व्यवहारमा मुद्दा दर्ता गरिएको उनले बताए । पार्किङ निषेध तथा रोक्न निषेध गरेको स्थानमा पार्किङ गरेबापत बस, अटो रिक्सा, म्याजिक भ्यानलगायतका सवारी चालकसँग रकम लिएको उनले बताए ।

गुरुङको टोलीले नै घुससहित तीन जना प्रहरीलाई नियन्त्रणमा लिएको भन्दै समाचार प्रकाशन भएपछि बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख डिआईजी बसन्त लामाले आचरण विपरित काम गरेको भन्दै पत्रै काटेर गुरुङसँग स्पष्टिकरण लिने भन्दै लामा मातहतका केहि जुनियर प्रहरीहरु हल्ला चलाउदै समाचार लेखाऊन थालेका छन् ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा समाचार