tealaya add

state 7

आछाम : खप्तड राष्ट्रिय निकुञ्जमा गङ्गादशहरा मेलामा गएकी एक किशोरी १२ दिनदेखि बेपत्ता भएकी छन्। अछामको साँफेबगर नगरपालिका–१२ खप्तड भेरासैनकी १७ वर्षीया देवीकुमारी रोकाया बेपत्ता भएकी हुन्।

रोकाया गत जेठ २८ गते रातिदेखि हराएकी हुन्। गाउँकै साथीहरुसँग मेला भर्न गएकी रोकाया बेपत्ता भएको उनका बुबा धनबहादुरले बताए। खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र र अन्यत्र खोजी गर्दा फेला नपरेको उनले बताए।

किशोरीको खोजी भइरहेको अछामका प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले बताए। उनी काडा भवानी मावि  बाजुरामा कक्षा ९ मा अध्ययनरत रहेको रोकायाका काका रामबहादुर रावतले बताए।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर