1478958692 banner ad format

 
 

भद्रपुर । स्थानीय तहको दोस्रो चरणको सम्पन्न निर्वाचनमा भद्रपुर नगरपालिकामा नेकपा (एमाले) का प्रमुख पदका उम्मेदवार जीवनकुमार श्रेष्ठ र उपप्रमुख चन्द्रा श्रेष्ठ निर्वाचित भएका छन् । 

प्रमुख श्रेष्ठले ११ हजार ४२ र उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गणेश पोखरेलले सात हजार २१५ तथा विजयी उपप्रमुख श्रेष्ठले १० हजार ६५० र उनका प्रतिद्वन्द्वी नेकाकी तारा भुर्तेलले छ हजार ४९८ मत प्राप्त गरे। 

यसैगरी, भद्रपुर नगरपालिका वडा नं ९ र १० बाट नेकपा (एमाले) का अध्यक्ष क्रमशः टेकबहादुर खड्का (काजी) र सनिलाल राजवंशीसहित समूह नै विजयी भएका छन् । 

खड्काले एक हजार ५७८ र उनका प्रतिद्वन्द्वी नेकाका अमरबहादुर कार्कीले ८८२ तथा राजवंशीले एक हजार २०९ र उनका प्रतिद्वन्द्वी नेकाका राजेन्द्र रिजालले ९३४ मत प्राप्त गरे । 

प्रकासित मिति

Loading...

 

yummyfood