tealaya add

bhajhang news

रिदम सिंह, बझाङ -  सुचाना प्रबिधीलाई सरल र सहज बनाउन जयपृथ्वी नगपालिका अघाडी बढ्दै गएको एकिकृत प्रविधिको प्रयोग मार्फत शुशासन र जवाफदेहिता संयन्त्रमा नागरिक संलग्नता विषयक नागरिक पाठशाला संस्करण ३ ले निष्कर्ष निकालेको छ ।

जयपृथ्वी नगरपालिकाको सहकार्यमा साराहा नेपालद्धारा आयोजित उक्त नागरिक पाठशाला संस्करण ३ ले यस्तो निष्कर्ष निकालेको हो । स्थानिय सरकार भई सकेपछीको परिपेक्षमा जिल्लाको एक पालिकाले डिजिटल सुचना प्रबिधिलाई प्राथमिकता दिंदै आएको छ । जिल्लाको जयपृथ्वी नगरपालिकाले स्थानिय सेवाग्राहीलाई घरमा नै बसी बसी नगरपालिकाले दिने सेवा सुबिधा तथा सेवा लिदाँ आबश्यक प्रक्रियाका बारेमा जानकारी दिने डिजिटल सुचना प्रबिधी संञ्चालनमा ल्याएको छ ।

नगरपालिकाबाट नगरबासीले पाउने सेवा सुबिधाहरु देखी नागरिक वडापत्र, आर्थिक बर्षका नीति निर्णय, कार्यक्रम बजेट लगाएतका सुचनासँगै नगरपालिका भित्रका बिभिन्न पुर्वाधारका क्षेत्र, सामाजिक महत्व बोकेका क्षेत्र, शैक्षिक संस्था, पर्यटकिय स्थलहरु कहाँ कहाँ छन् भनेर स्पष्ट रुपमा नै पालिकाको नक्सामा हेर्न सक्ने पबिधी जिल्लामै पहिलो पटक यस पालिकाले सुचारु गरेको हो । नक्सामा ति सम्भावित क्षेत्र मात्र नभई तिनको बारेमा सम्पूर्ण जानकारी समेत हेर्न सकिने छ । अहिले जिल्लाका अन्य पालिकाहरुले पनी यसको अनुसरण गरिरहेका छन् । 

bhajhang news 2

एकिकृत प्रविधीको प्रयोग मार्फत शुसासन र जवाफदेहिता संयन्त्रमा नागरिकको संलग्नता बिषयक पाठशाला संस्करण ३ मा उक्त प्रबिधीका बारेमा छलफल भएको हो । नगरपालिकाले गरेका रहेका निर्णयहरु र सेवा सम्बन्धि प्रक्रियाका बारेमा जयपृथ्वी नगरपालिकाको डाटा पोर्टल www.jayaprithivi.susasan.org त्यसैगरी नगरपालिकाको वेवसाइड www.jayaprithivimun.org र मोबाइल एप्लिकेशन मार्फत समेत जयपृथ्वी नगरपालिकाका सम्पुर्ण गतिविधीलाई नियाल्न सकिन्छ । नगरपालिका भित्रका सम्पूर्ण वडाहरुमा पनी इनटरनेट बिस्तार हुने बित्तिकै वडा कार्यलबाट के सुविधा पाइन्छ भनेर स्थानियले कार्यालय नै धाईरहनु नपर्ने समेत भएको छ । 

सुचनालाई प्रयोगमा ल्याउन सक्नु पर्छः 

सुचना पाउनु महत्वपूर्ण कुरा भएपनी सुचना पाई सकेपछी उत्त सुचनालाई प्रयोगमा ल्याउन सक्नु झन महत्वपूर्ण कुरा हो । बिभिन्न स्थानिय सरकारले दिने सुचनाहरुलाई अध्ययनगरी सुचना दिने निकायलाई नागरिकले सुझाव सल्लाह तथा खबरदारी गर्न सक्ने क्षमता स्थानिय सेवाग्राहीमा हुन जरुरी छ । साथै खबरदारी गरीएका बिषयमा स्थानिय सरकारले गुनासो सुुनुवाई गरी त्यस कार्यमा आगामी दिनमा कत्तिको सुधार भयो भन्ने पनी मुख्य बिषय हो । 

bhajhang news 3

कार्यक्रमको सहजिकरण गर्दै साहारा नेपाल अन्र्तगत शुसासन परियोजनाका शैक्षिक सल्लाहकार बिनोद उपाध्यायले स्थानियले सुचनालाई प्राप्त गर्नु मात्र नभई पाएको सुचनालाई प्रयोगमा ल्याउन सकेपछी मात्र सुचना पाउनुको औचित्य हुने बताउनु भएको थियो । उहाँले भन्नुभयो “लोकतन्त्रको रक्षा स्वयम् नागरीकले गर्ने भएकोले बर्तमान संरचनामा लोकतन्त्रको रक्षक नेता नभई जनता भएको र जनता नै लोकतन्त्रको मालिक हुन्छ । त्यसैले लोकतन्त्रमा नागरिकले सुचना पाउने अधिकारको अधिकतम प्रयोग गरेमा आफ्नो सरकारलाई जवाफदेही र जिम्मेबार बनाउन सकिछ ।”

सुचना प्रबिधीमा नगरपालिका अघाडीः

सुदुरपश्चिम प्रदेशको अति दुर्गम जिल्ला बझाङमा पनी सुचना प्रबिधीको सफल प्रयास भएको छ । नेपाल संघिय संरचनामा परिवर्तन भएपछी बनेका स्थानिय सरकारहरुमा धेरै कमले मात्र आधुनिक सुचना प्रणालीको प्रयोग गर्ने प्रयास गरी रहेका छन् ।

तर दुर्गम बझाङको जयपृथ्वी नगपालिकाले भने यो प्रयास डेढ बर्ष अघीबाट नै सुरु गरी सकेको छ । अहिले जिल्लाका दुई वटा पालिका जयपृथ्वी नगरपालिका र मष्टा गाँउपालिकामा यो सेवा मार्पmत सुचना दिने प्रयास गरि रहेको छन् । 

यो प्रबिधीबाट सुचनाहरु पाउन थालेपछी अहिले स्थानिय जनताहरुले स्व्तस्फुर्त रुपमा मोवाइलबाट नै सुचना प्राप्त गर्ने गरेको र पहिले भन्दा निकै सहज हुने गरेको स्थानिय बताउने गरेका छन् । 

जयपृथ्वी नगरपालिका १ की पार्वती सिंहले भनिन,“पहिले पहिले यो पुगेन त्यो पुगेन, फलाने कागज ल्याउनु होस् भन्थे, कागज ल्याउनलाई कहिले दिन नै काट्नु पर्ने बाध्यता थियो तर अहिले नगरपालिका सबै सुचना र जानकारी मोबाइलाा नै हेर्न पाईने भएपछी सवै चाहिने कागजातहरु तयार पारेर आउछौ ।” उनले थपिन “पहिले केही प्रमाण नपुगेपछी एकदुई दिन फोरी कागज ल्याउन लाग्छ तर अहिले केके चाहिन्छन् भनेर हेर्न सकिने भएपछी सबै काम एकै दिनमा गर्न सकिन्छ ।” यो प्रयासले एका तिर स्थानिय सेवाग्राहीलाई छिटो सुविधा मिलेका छ भने अर्काे तिर योजना निती निर्णयहरुको फाईल पल्टाउनु पर्ने झन्झट समेत टरेको छ । 

bhajhang news 4

आधुनिक सुचना प्रबिधि प्रयोग गर्ने बड्दैः
पछिल्लो समय नगरपालिकाले एकिकृत प्रविधीमा सुचनाहरु हाल्न थालेपछी अहिले यो प्रबिधिबाट सुचना हेर्ने र बड्ने गरेको छ । सहज रुपमा मोवाईल एप्स तथा वेइवसाइड मार्फत सवै सुचना प्राप्त गर्न सकिने भएकोले पछिल्लो समय सुचना समयमा नै पाउन थालेको स्थानिय युवा नरेश खड्काले बताउनु भयो । पहिलेका बर्षहरुमा सुचना दिनलिन झन्झटिलो हुने भएकाले खासै सुचना नमाग्ने गरेको भएपनी अहिले मोवाइलबाटै सुचना प्राप्त हुन थालेपछी स्थानियहरुले सुझावहरु दिने र खवरदारी गर्ने गरेको साहारा नेपालका जयपृथ्वी नगरपालिका फिल्ड संयोजक देवराज बोहराले बताउनु भयो । 

जयपृथ्वी नगरपालिका खुला सरकार साझेदारीको पथमा छः उपाध्याय

साहारा नेपाल अन्र्तगत शुसासन परियोजनाका शैक्ष्कि सल्लाहकार विनोद उपाध्याले जयपृथ्वी नगरपालिका अहिले खुला सरकार साझेदारीको पथमा लागेको बताउनुभएको छ । गत आर्थिक बर्षमा धनगढी उपमहानगरपालिकाले सुशासनलाई प्राथमिकतामा राखेर नै देशकै पहिलो शुसासनमैत्री नगरपालिकाका रुपमा पुरस्कृत भएको थियो ?

यस्तै प्रयास बझाङमा जयपृथ्वी नगरपालिकाले गरेको उहाँको भनाई थियो । उहाँले भन्नु भयो “ खुला सरकार साझेदारीको लागी नेपाल देश नी सक्षम छ तर नेपालका यावत कारणले अहिले सम्मपनी सदस्यता लिन सकेको छैन् । यस खुला सरकार साझेदारीमा देश सदस्य नभएको भए पनी एउटा पालिकाले पनी सदस्य बन्न पाउने प्रावधान छ । यसको सदस्य बन्नको लागी ७५ अंक प्राप्त गर्नु पर्ने हुन्छ । त्यसका लागी जयपृथ्वी नगरपालिकाले केही प्रयास पहिलेदेखी नै गरि रहेको र केही प्रयास गर्न बाँकी रहेका छन् ।” 

के हो ? खुला सरकार साझेदारीः
अहिले विश्वका धेरै राष्ट्रहरुले खुला, जवाफदहिता, र उत्तरदायी शासन प्रोत्साहन गर्न पाइला चालि रहेका छन् । यी २०३० एजेन्डाहरुको १६ औं लक्ष्य प्रतिबिम्वित भएको पाइन्छ । यो प्रचलनलाई सहयोग गरि रहेको विश्वब्यापी पहललाई खुला सरकार साझेदारी भन्न सकिन्छ छ । यसले सरकारको खुुलापनलाई सहयोग पुग्ने योजना नीति तथा अभ्यासहरु लागु गर्न विकसित तथा विकासशील गरी विश्वका ७० देशहरुलाई सहयोग गरेको छ ।

यसमा नेपाल अहिले खुला सरकार साझेदारीको सदस्य नभएपनी यसको सदस्य हुन नेपाल योग्य रहेको छ । यदी नेपाल पनी यसको सदस्य बनेको खण्डमा खुला सरकारका सिद्धान्तका विषयमा जानकार बनाउँद छ ।

कसरी बन्न सकिन्छ खुला सरकार साझेदारी सदस्यः
खुला सरकार साझेदारीको सदस्यो बन्यो भने सुचनामा खुलापन हुने भएपनी यसको सदस्य बन्ने प्रक्रिया भने त्यती सरल छैन् । हुन त नेपालले यसको सदस्य बन्ने हैसियत र बाताबरण बनाई सकेको र अनुमति समेत पाइसकेको छ । तर नयाँ सदस्य बन्नका लागी यसले बनाएका मापदण्ड पुरा गर्नै पर्छ ।

आधारभुत बजेट जवाफदेहिता र खुला बजेट प्रणलीलाई सदृढ गर्नका लागी बजेट सम्बन्धि अत्याआबश्यक दस्तावेजहरु समयमा नै प्रकाशनको न्यनतम मापदण्ड पुरा गर्नु पर्दछ । त्यसैगरी सर्वसाधरणको सुचनाको अधिकार र सरकारी तथ्याङ्कमा पहुँचलाई सुनिश्चितता प्रदान गर्ने कानुनलाई पनी आत्मसाथगर्न सक्नु पर्दछ । कुनैपनी सरकारी ओहदामा रहेका कुनै पनी ब्यत्तीको सम्पती र आम्दानीलाई सार्वजनिक गरेपछी मात्र खुला सरकार साझेदारीको सदस्य बन्नको लागी प्रवेशद्धार खुल्ला भएको मानिन्छ भने सरकारले बनाउने नीति नियमहरु तथा शाशन प्रणालिमा समेत नागरिकको सहभागिता हुनु पर्दछ ।

नागरिकहरुलाई आधारभुत स्वतन्त्रताको पनी संरक्षण हुनु पर्दछ । यी मापदण्ड पुरा गरेपछी मात्र उक्त सरकार खुला सरकार साझेदारीको सदस्य बन्न पाउँछ । तर यी सबै मापदण्डहरु नेपालले पुरा गरी सकेको छ । यि चार क्षेत्रको कुल अंकभार एक सयमा नेपालले ८१ अंक प्राप्त गरेको हो । यस खुला सरकार साझेदारीको सदस्य बन्न चार क्षेत्रमा कम्तिमा ७५ अंक प्राप्त गर्नु पर्न प्रावधान रहेको छ ।

साहारा नेपालको आयोजनामा र जयपृथ्वी नगरपालिकाको सहकार्यमा संञ्चालन भएके उत्त कार्यक्रममा साहारा नेपाल अन्र्तगत शुशासन परियोजना शैक्षिक सल्लाहकार बिनोद उपाध्याय, जयपृथ्वी नगरपालिकाका फिल्ड संयोजक देबराज बोहरा, जिल्ला कार्यक्रम संयोजक डम्वर सुनारले यस बिषयमा गहिरो प्रशिक्षण दिनु भएको थियो । बुधबारबाट संञ्चालन भएको उक्त दुईदिने तालिम बिहिबार सम्पन्न भएको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...