1478958692 banner ad format

 
 

चितवन – अहिले भरतपुर महानगरपालिकाको वडा नम्बर १५ को मत गणना भइरहेको छ । अहिलेसम्म वडा नम्बर १५ को ३२ सय ३५ मतगणना भइसकेको छ । वडा नम्बर १५ कै २२ सय २९ मतगणना गर्न बाँकी छ । 

Bharatpur municipality Ranu and debi

२९ वडा रहेको भरतपुर महानगरपालिकामा ९ वटा वडाको मतगणना बाँकीनै छ । यसकारण अहिलेनै यसले जित्छ भन्न सक्ने अवस्था छैन । 

भरतपुर महानगरपालिकामा २१ वडाको ७९ हजार ८ सय ८ मत गणना भइसकेको छ । जम्मा १ लाख १२ हजार ७ सय ४१ मत खसेको थियो । ३२ हजार ९ सय ३३ मत गन्न बाँकी छँदा नेकपा एमालेका देवी ज्ञवालीको १५ सय ४२ भोटको अग्रता छ । 

मतान्तर घटाउँदै रेणु  

भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेणु दाहालले एमालेका देवी ज्ञवालीसँगको मत अन्तर घटाउदै लएकि छिन । अहिले रेणु दाहाल भन्दा देवी ज्ञवालीको १५४२ मत बढी छ । 

मेयर
(एमाले) देवी ज्ञवाली – ३१ हजार ४ सय ६२
(माओवादी–कांग्रेस गठबन्धन) रेणु दाहाल – २९ हजार ९ सय २१

प्रकासित मिति

Loading...

 

yummyfood