1478958692 banner ad format

 
 

काठमाडौं । सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालको अध्यक्षमा भवानी बराललाई काम नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको छ ।

bhawani baral

न्यायाधीश दीपकराज जोशी र तेजबहादुर केसीको संयुक्त इजलासले मंगलबार (आज) अध्यक्ष बराललाई काम नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको हो ।

अध्यक्ष बरालको नियुक्तिको योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ताहरु बैकुण्ठ भण्डारी र राम कपालीलगायतले जेठ ९, १९ र २९ गते छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए ।

तत्कालीन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारको पालामा बराललाई काउन्सिलको अध्यक्षतामा नियुक्ति गरिएको थियो । त्यो नियुक्ति गैरकानुनी भएको भन्दै रिट निवेदन परेको थियो ।

आदेशमा मुद्दाको अन्तिम किनारा नलागेसम्म बराललाई काम नगर्न/नगराउन भनिएको छ ।

प्रेस काउन्सिलको व्यवस्थाअनुसार वरिष्ठ अधिवक्ता, पूर्व प्रधानन्याायधीश, पत्रकारितामा विशिष्ठ योगदान पुर्‍याएको व्यक्तिमध्येबाट मन्त्रिपरिषदले नियुक्ति गर्ने कानुनी प्रावधानअनुसार बराल उल्लेखित कुनैपनि योग्यता नभएको रिट निवेदकहरुको जिकिर थियो ।

रिट निवेदनमा कानुनी प्रावधानअनुसार योग्यता नपुगेको र लिम्बुवान, खुम्बुवान जातीय राज्यको माग गर्दै हिंड्ने व्यक्तिलाई काउसिन्सल जस्तो गरिमामय पदमा भएको नियुक्ति बदर गर्न माग गरिएको थियो ।

प्रकासित मिति

Loading...

 

yummyfood