1478958692 banner ad format

 
 

भोजपुर – भोजपुरको साल्पासिलिछो गाउँपालिका–२ कुलुङ्गमा वाम गठबन्धनको चुनावी सभा भइरहेका बेला बम विस्फोट भएको छ । सभामा प्रदेशसभा ‘क’ का उम्मेदवार राजेन्द्र राईले सम्बोधन गर्दै कार्यक्रमस्थलबाट एक सय मिटर पर बम विस्फोट भएको हो । बम विस्फोट भएपछि सभाका सहभागी तितरवितर भएका थिए । विस्फोटका कारण कसैलाई पनि केही नभएको प्रहरीले जनाएको छ । 

यसैबिच भोजपुरकै षडानन्द नगरपालिका–१३ तिनतले नजिकैको भीरथाप्लोमा बम विस्फोट हुँदा चुनावी सभा सकेर फर्कदै गरेका युवा संघका कार्यकर्ता विक्रम राई घाइते भएका छन् । त्यसैगरी दुईजना प्रहरी पनि घाइते भएका छन् । बाटोमा राखिएको टाइम बमबारे बुझ्न प्रहरी टोली गएको र  भिड हटाउने क्रममा बम पड्किएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक गीतनारायण चौधरीले बताएका छन्।

विस्फोटबाट वाम गठबन्धनको आमसभामा पुगेर सदरमुकाम फर्कदै गरेका युवा संघका सचिवालय सदस्य ट्याम्के मैंयुङ्ग गाउँपालिका–७ दिप्साका विक्रम राईको टाउकोमा चोट लागेको छ । घाइते हुने प्रहरीमा प्रहरी सहायक निरीक्षक उमेश मेहता र प्रहरी निरीक्षक देवनारायण यादव रहेका छन् । घाइतेलाई उपचारका लागि सदरमुकाम लगिएको छ । 

प्रकासित मिति

Loading...

 

yummyfood