सुजन ढकाल, मकवानपुर - मकवानपुरको भीमफेदी गाउँपालिकाले जेष्ठ नागरिकलाई सम्मान गर्ने अभियान सुरु गरेको छ । सोमबार भीमफेदी गाउँपालिका वडा नम्वर– २ भैँसेमा ७० वर्ष पुरा गर्नु भएका जेष्ठ नागरिक सुरक्षा सम्मान कार्यक्रमको आयोजना गरी १ सय २० जनालाई सम्मान गरेको छ ।

bhimfedi

 सम्मान हुनेमा ६९ जना महिला र ५२ जना पुरुष रहेका छन् । गाउँपालिका अध्यक्ष हिदम लामाले उनीहरुलाई दोसल्ला ओडाएर सम्मान गरेका थिए । जेष्ठ नागरिकका लागि काम गर्नु सरकारको दायित्व भएकाले संघिय सरकार संगै यो अभियानमा लागिएको उनले बताए ।

गाउँपालिकामा रहेका ९ वडामा करिब ७ सय जना जेष्ठ नागरिकलाई सम्मान गर्न लागिएको गाउँपालिका उपाध्यक्ष पार्वती रानाले जानकारी दिइन् ।

‘जेष्ठ नागरिकलाई सम्मान गर्नको लागि गाउँपालिकाले बजेट विनियोजित गरेको छ ।’ रानाले भनिन् –‘वृद्धवृद्धालाई सम्मान गर्नुको साथै अन्तरक्रिया पनि गर्छौ । उहाँहरुको राय सल्लाह पनि लिन्छाँै ।’

भिमफेदी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष काँशीराम बज्युको अध्यक्षतामा भएको कायक्रममा गाउँपालिकाका उपाध्यक्ष पार्वती राना, गाउँपालिका सदस्य रामचन्द्र सुनार, महिला एकता बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सर्मिला महतलगायतको आतिथ्यता रहेको थियो ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...