काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यमाथि नेपाली कांग्रेसका कार्यकर्ताबाट दुर्व्यवहार भएको जनाइएको छ ।

bidya sundar shakya

आफ्नो घरनजिकै लगनटोलमा रहेको मतदान केन्द्रमा रहेका बेला कांग्रेस नेता ध्यानगोविन्द रञ्जितका छोरा युरिकले आफूलाई दुर्व्यवहार गरेको प्रमुख शाक्यले राससलाई जानकारी दिए ।

‘महानगर प्रमुख मतदान केन्द्रमा आउन पाइँदैन भन्दै अपशब्द बोली मलाई दुर्व्यवहार भयो’–उनले भने ।

प्रहरीले प्रमुख शाक्यमाथि दुर्व्यवहार गर्नेलाई नियन्त्रणमा लिएको छ । उक्त मतदान केन्द्र प्रमुख शाक्यको निवासनजिकै रहेको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...