1478958692 banner ad format

 
 

जेनेभा । अन्तर्राष्ट्रिय श्रम सम्मेलनका लागि गएकी राष्ट्रपति विद्यादेवी भण्डारीले जेनेभा तालमा नौका बिहार गरेकी छिन । 

Bidyadevi Bhandari lake Geneva

आजै यहाँको पुरानो बस्ती मानिने वल्र्ड टाउनको अवलोकन गरिन । पुरानो बस्ती भएकाले सो स्थानमा हाल यातायात सञ्चालन हुँदैन । 

उक्त अवसरमा स्विट्जरल्यान्डका लागि नेपालका राजदूत तथा संयुक्त राष्ट्र सङ्घका लागि स्थायी प्रतिनिधि दीपक धिताल र परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीलगायत भ्रमण दलका सदस्य उपस्थित थिए  । 

Bidyadevi Bhandari lake Geneva 2

‘१०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्व शिखर बैठक’ मा सहभागिता जनाएपछि उनि अन्य भ्रमण कार्यक्रममा सरिक भएकी हुन् । 

 नेपाल फर्कने क्रममा हिजोइमिरेट्सको अबुधाबीतर्फ प्रस्थान गरेकी छिन आज साझ काठमाडौँ आइपुग्ने कार्यक्रम छ ।

प्रकासित मिति

Loading...