काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् । 

BIMALENDRA BIDHI

आज बिहान चावहिलस्थित ओम अस्पतालमा पुगेर उनले त्यहाँ उपचाररत नेता निधिको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियाले जानकारी दिए । 

सोमबार राति अचानक पेट दुखेपछि नेता निधि चावहिलस्थित ओम अस्पतालमा भर्ना भएका थिए । नेता निधिलाई ग्यासट्राइटिस सिभियरको समस्या देखिएको उपचारमा संलग्न डा राहुल पाठकले जानकारी दिए । 

नेता निधिको आज बिहान सफलतापूर्वक इण्डोस्कोपी गरिएको पत्रकार रामजी दाहालले जानकारी दिए। चिकित्सकले नेता निधिलाई केही दिन आराम गर्न सल्लाह दिएका छन् ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...