खानेपानी मन्त्री बिना मगरले विकासका कार्यमा हातेमालो गर्न आग्रह गरिन ।

Bina Magarफाइल तस्विर 

बेलौरी नगरपालिकाको चौथो नगरसभामा आज उनले विकासका कार्यमा अवरोध भए सैह्य नहुने बताइन । नगर क्षेत्रलाई नमूनाका रुपमा विकास गरेर देखाउने उल्लेख गर्दै उनले नगरको दिगो विकासका लागि कटिबद्ध रहेको बताइन।

बेलौरीमा भन्सार नाका खोल्ने, पर्यटकीय गन्तव्यको सूचीमा परेको बन्दताल संरक्षण गर्ने, सांस्कृतिक सम्पदाको संरक्षण गर्ने र सडकको सहज सुविधा पु¥याउने कार्य अगाडि बढेकाले नमूना शहर बनाउने कार्यमा विलम्ब नहुने उनले बताइन । उनले भौतिक पूर्वाधारयुक्त सफा र सुन्दर आधुनिक बेलौरी शहरको परिकल्पना बोकेर कार्य अगाडि बढाउने योजना अघि सारेको बताइन ।

Bina Magar 2फाइल तस्विर 

बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले नगरसभामा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । चौथो नगरसभामा नगरउपप्रमुख चित्रकुमारी चौधरीले आव २०७६÷७७ को लागि रु ६० करोड ८५ लाख ९४ हजार बराबरको प्रस्तावित बजेट प्रस्तुत गरिन ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर