खजुरा, बाँके - दाङको तुलसीपुरमा बम विस्फोट घटनामा गम्भीर घाइतेमध्ये एक जना म्यादी प्रहरीको आज बाँकेमा मृत्यु भएको छ । 

कोहलपुर मेडिकल कलेजमा उपचारार्थ दाङ तुलसीपुर–१२ का २३ वर्षीय म्यादी प्रहरी विनोद चौधरीको आज बिहान मृत्यु भएको बाँकेका प्रहरी प्रमुख टेकबहादुर तामाङले बताए । 

binod Chaudharys death

उनका अनुसार पाँच जना गम्भीर घाइतेमध्ये एक जनाको मृत्यु भएको छ, भने अन्यको उपचार भइरहेको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवासहित काँग्रेसका शीर्ष नेता दाङको तुलसीपुरमा आयोजित सभालाई सम्बोधन गर्न आएको बेला बम विस्फोट गराइएको थियो । तुलसी बोर्डिङ स्कुल नजिकै भएको बम विस्फोटमा एक म्यादी प्रहरीसहित आठ जना घाइते भएका छन् । 

 चौधरीको निधनप्रति दुःख व्यक्त

नेपाली काँग्रेसले दाङको तुलसीपुरमा काँग्रेसद्वारा आयोजित आमसभास्थल नजिक मंगलबार बम विस्फोटनमा परी मृत्यु हुनुभएका म्यादी प्रहरी विनोद चौधरीको निधनमा दुःख व्यक्त गरेको छ । 

पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्तिमार्फत उहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ । काँग्रेसले मृतकका परिवारलाई क्षतिपूर्ति तथा घाइतेको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेको छ । 
तुलसीपुर उपमहानगरपालिकाका १८ वर्षीय चौधरीको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो । अन्य घाइतेको कोहलपुर मेडिकल कलेज र राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको काँग्रेसले जनाएको छ । 

प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा तुलसीपुरमा आयोजित चुनावी सभामा पुग्दै गर्दा मङ्गलबार अपराह्न बम विस्फोट भएको थियो । सो पार्टीले लोकतन्त्रलाई नै समाप्त पार्ने ढंगले सुनियोजित तवरबाट बारम्बार यस्ता घटना दोहरिनु दुःखद भएको जनाएको छ । 

“काँग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक, पार्टीप्रति अगाध माया गर्ने आममतदाता यस घटनाबाट रत्तिभर विचलित हुनेछैनन्, काँंग्रेसका नेता एवं कार्यकर्ताको हत्या नै गर्ने मनसायले गरिएको यस्तो आक्रमणप्रति घोर निन्दा र भत्र्सना गर्दछौँ” विज्ञप्तिमा उल्लेख छ । 

यस्ता घटनाले शान्तिपूर्ण एवं निर्बाध रुपमा निर्वाचनका कार्यक्रम गर्न पाउने नागरिकको नैसर्गिक अघिकारमाथि ठाडो उल्लंघन गरेको र लोकतान्त्रिक संस्कारको उपहास भएको काँग्रेसको ठहर छ । काँग्रेसले यस प्रकारका अवाञ्छित क्रियाकलाप पुनः नदोहो¥याउन तथा घटनामा संलग्नलाई तत्काल खोजी गरी कारबाही गर्न सरकारसँग माग गरेको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर