annapurna add

GMR attackमाथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणको जिम्मा लिएकाे जिएमआर कम्पनीको कार्यालयमा आक्रमण भएको छ । शुक्रबार साझ अछामबाट आएका विप्लव नेतृत्वको नेकपा कार्यकर्ताहरुले उक्त कार्यालयमा बम प्रहार गरेको सूचना प्राप्त भएको छ।

अछामको तुर्माखाद गाउँपालिकाबाट गएको प्रतिवन्धित नेकपाको टोलीले दैलेखको आठबिस नगरपालिका २ मा रहेको कार्यालयमा बम प्रहार गरेको जनाइएकाे छ । घटनाको उक्त पार्टीले जिम्मेवारी लिएको छ। एउटा अनलाइनसंगको टेलिफोन संवादमा उक्त पार्टीका अछाम जिल्ला सेक्रेटरी भरत मल्लले घटना आफ्नो तर्फबाट भएको बताएका छन्। उनले उक्त आयोजना राष्ट्रकाे हितमा नरहेको भन्दै बम प्रहार गरेको बताएका हुन्।

घटनाबारे अछाम प्रहरी प्रमुख डिएसपी दिपक भारतीले जानकारी आएको र घटनाबारे थप साेधिखाेजी भएकाे बताएका छन् । घटनाकाे विस्तृत विवरण अाउन बाकीँ छ । २०७१ असोज ३ गते माथिल्लो कर्णाली जलविद्युत आयोजनाको प्रवर्द्धक भारतीय कम्पनी जिएमआर र नेपाल लगानी बोर्डबीच ५ वर्ष भित्र ९०० मेगावाट क्षमताको आयोजना निर्माण गर्ने भन्दै आयोजना विकास सम्झौता (पिडिए) हस्ताक्षर भयो। त्यसको २ महिनापछि भारतकै अर्को कम्पनी सतलज जलविद्युत निगमले पूर्वी नेपालमा ९०० मेगावाटकै अर्को आयोजना अरुण ३ निर्माण गर्ने भन्दै पिडिएमा हस्ताक्षर गर्‍यो।

सतलजले लगानी जुटाएर अरुण तेस्रोको काम युद्धस्तरमा अगाडी बढाईरहँदा अर्को भारतीय कम्पनीले भने अहिले सम्म लगानी जुटाउन सकेको छैन। पिपिए नहुँदा आयोजनामा लगानी जुट्न नसकेको हो। तेस्रो पटक म्याद थप्न निवेदन दिएको पनि एक वर्ष बितिसकेको छ। बोर्डले भने कुनै निर्णय गरेको छैन। तर नेपालबाट भारत हुँदै बंगलादेशमा विद्युत निर्यात गर्ने सम्झौता भएको भोलिपल्टै माथिल्लो कर्णाली जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन हुने र आयोजनाको काम पनि अघि बढ्ने लगानी बोर्डको दावी छ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...