tealaya add

biplab

काठमान्डौ । नेपाल कम्युनिस्ट पार्टीका दुई केन्द्रीय सदस्य रिहा भएका छन् । जिल्ला अदालत सुनसरीको आदेशमा नेकपाका केन्द्रीय सदस्य चुडामणि ओली ‘आदर्श’ र केन्द्रिय सदस्य चन्द्रबहादुर खड्का ‘असल’ रिहा भएका हुन् । उनीहरुसँगै धनकुटा इन्चार्ज बाबुराम राई ‘विवश’ र मिनबहादुर राई पनि सोमबार साधारण तारेखमा रिहा भएका छन् ।

बैशाख ७ गते गिरफ्तार भएका केन्द्रिय सदस्य आदर्श र असल ८० दिन पछि रिहा भएका छन् । उनीहरुलाई यसअघि सर्वोच्च अदालतले रिहा गर्ने आदेश गरेपनि प्रहरीले पुनः गिरफ्तार गरेर धरान पुर्याएको थियो ।

अदालतले पोलिट्ब्यूरो सदस्य मोहन कार्की ‘जीवन्त’ लाई पनि रिहा गर्न आदेश दिएको थियो । तर, कार्कीलाई अदालत परिसरबाटै पुनः गिरफ्तार गरिएको छ । उनलाई नुवाकोट लगिँदै गरेको बताइएको छ ।

उता कैलाली र डडेल्धुराबाट तीनलाई प्रहरीले गिरफ्तार गरेको छ । प्रहरीले सोमबार नेकपाका डडेल्धुरा जिल्ला सदस्य देव भट्टराई र रामदत्त भट्टलाई गिरफ्तार गरेको छ । त्यष्तै कैलाली जिल्ला सदस्य संघर्षलाई पनि प्रहरी गिरफ्तार गरेको छ ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर