अछाम -  नेत्रविक्रम चन्द समूहका भेरी ब्यूरो सदस्य रामबहादुर विकले सो समूह परित्यागको घोषणा गर्दै आत्मसमर्पण गरेका छन् ।

BIPLAB

अछाम कुर्माखान गाउँपालिका वडा नं ४ का २९ वर्षीय विकले जिल्ला प्रशासन कार्यालय बर्दियामा आइतवार प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेसमक्ष हिंसात्मक गतिविधिमा संलग्न नहुने र सामान्य जीवन बिताउने भन्दै समूह त्यागेको घोषणा गरेका हुन् ।

यही मङ्सिर १२ गते राजापुर नगरपालिका वडा नं ४ बाट पक्राउ परेका विकलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतमा राखिएको थियो । 

*************************************************************************

भट्टराईले दिए मिश्रलाई दनक
पोखरामा अहिले आठौं संस्करणको आईएमई साहित्य महोत्सव चलिरहेको छ । महोत्सवमा देशका लब्धप्रतिष्ठित साहित्यकारदेखि पार्टीका युवा नेताहरुको सहभागिता रहेको छ ।

यसै सन्दर्भमा हिजो (आइतबार) संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, कांग्रेस युवा नेता एवम् पूर्वमन्त्री गगन थापा र साझा पार्टीका संयोजक रवीन्द्र मिश्र सहभागी भएका थिए ।

मन्त्री भट्टराईले अझ अगाडि थपे– ‘विभिन्न राजनीतिक संघर्षबाट विभिन्न कालखण्डका निरकुंशता हटाउन सफल भएकै कारण रवीन्द्र मिश्रले पार्टी खोलेका हुन् । ‘हामीले लोकतन्त्रको मैदान नसम्याएको भए रवीन्द्र मिश्र समाचार पढिरहेका हुन्थे ।

कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले नेकपा र कांग्रेससहित अन्य दलको संघर्षबाट लोकतन्त्र आएको र जनताले आफ्नो विचार राख्न पाएको बताउँदै मुलुक विकास र समृद्धि अघि बढेको बताएका छन् ।

यति भनिसकेपछि मन्त्री भट्टराईले थपे ‘यदि केही नभएको भए यतिखेर म र गगन मसाल लिएर आन्दोलन गरिरहेका हुन्थ्यौं र रवीन्द्रजी बीबीसीमा समाचार पढिरहेका हुन्थे ।

यसरी मन्त्री भट्टराईले दनक दिएपछि साझाका संयोजक मिश्र एकछिन नाजबाफ बनेका थिए । उनले आफूलाई सम्हाल्दै कार्यक्रममा संक्षिप्त कुरा राखेका थिए ।

यस्तै भट्टराईकाे कुरा सुनेपछि थापाले याे बिषयमा कुनै जिज्ञाशा नराखेकाे र मिश्रले आफुहरुले शुरु गरेको वैकल्पिक राजनीतिको बाटोबाट अबको लागि राजनीतिक क्षेत्रमा नयाँ नेतृत्व जन्मने दाबी गरे । वर्तमान नेताहरुले नयाँ नेतृत्व जन्माउन नसक्ने तर्क राखे ।

महोत्सवअन्तर्गतको ‘अबको नेतृत्व कस्तो’ शीर्षकको सत्रमा समसामयिक राजनीति, राज्य र दलहरूका अवस्थाका विषयमा सहभागीले जिज्ञाशा राखेका थिए ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर