विराटनगर । विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसको अग्रता कायमै रहेको छ । 

biratnagar mahanagarpalika metro

महानगरपालिकाको प्रमुखमा भीम पराजुलीले १० हजार ३२० मत, नेकपा(एमाले)का विनोद ढकालले सात हजार ४५१ तथा सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले पाँच हजार ७१५ मत प्राप्त गरेका छन् । 

उपप्रमुखमा काँग्रेसकी इन्दिरा कार्कीले आठ हजार ६७४ मत, नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीले चार हजार ५०५ तथा नेकपा (माओवादी केन्द्र)की का नमिता न्यौपानेले चार हजार ४८१ मत प्राप्त गरेका छन् । 

विराटनगर महानगरपालिकाको १९ वटा वडामध्ये १, २, ३, ४, १६, १७, १८ र १९ गरी आठवटा वडाको मतगणना सम्पन्न भएको छ । अहिले वडा नं ५ र १५ को मतगणना भइरहेको छ । 

विराटनगर– १९ मा स्वतन्त्र समूह विजयी 

विराटनगर महानगरपालिकाको वडा नं १९ बाट वडाध्यक्षलगायत सबै सदस्य पदमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार बद्रीनारायण सरदार ६४२ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवारले ६२१ मत प्राप्त गरेका छन् । वडा सदस्यमा जीतेन्द्र खवास, नागेश्वर राजवंशी, सम्झना भुजेल र दलित महिला सदस्यमा वीना सरदार विजयी भइन । 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...