1478958692 banner ad format

 
 

विराटनगर। विराटनगर महानगरपालिकाको मतगणनामा नेपाली काँग्रेसका प्रमुखका उम्मेदवार भीम पराजुलीले तीन हजार ८७३, नेकपा (एमाले)का विनोदकुमार ढकालले दुई हजार ७७२ मत र सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले एक हजार ६३१ मत प्राप्त गरेका छन्। 

biratnagar mahanagarpalika metro

यस्तै, उपप्रमुख पदमा काँग्रेसकी इन्दिरा कार्कीले तीन हजार ३५१, नेकपा (माओवादीकेन्द्र)की नमीता न्यौपानेले एक हजार ६१३ र नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीले एक हजार ५३६ मत प्राप्त गरे। 

यसैबीच, विराटनगर महानगरपालिकाको दक्षिणी भेगका वडाहरुमा ठूलो परिमाणमा मत बदर भएको छ । ती वडामा १५ देखि २० प्रतिशतसम्म मतपत्र बदर भएको अपुष्ट जानकारी प्राप्त भएको छ ।

सो क्षेत्रका कतिपय मतदाताले मतपत्रमा औँठा छापको पनि प्रयोग गरेका छन् । 
यही असार १५ गतेदेखि विराटनगरको १, २, ३, ४, १६ र १८ नं वडाको मतगणना जारी छ । 

प्रकासित मिति

Loading...

 

yummyfood