भक्तपुर -  चाँगुनारायण नगरपालिका–६ हेल्थपोस्टनजिकै ६ः३० बजे बम पड्केको छ । 

मोटरसाइकलमा आएका दुई व्यक्तिले बम फालेर गएलगत्तै ठूलो आवाज गरी बम पड्केको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । 

नेपाली काँग्रेसका उम्मेदवार जीवन खत्री र नेकपा (एमाले)का उम्मेदवार हरिशरण लामिछानेको वस्तीमा सो बम विष्फोट गराइएको हो । 

मानवीय क्षति नभए पनि भौतिक क्षतिका बारेमा अनुसन्धान भइरहेको प्रहरी प्रभाग खरिपाटीले जानकारी दिएको छ । 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर