महेन्द्रनगर - जनकपुरमा अहिले राति ८ः०० बजे बम विस्फोट भएको छ । 

रंगभूमि मैदान (बाह्रबिघा) को उत्तर पश्चिम छेउमा संकटमोचन मन्दिर नजिक बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । विस्फोटबाट कुनै मानवीय तथा भौतिक क्षति भएको छैन । बम विस्फोट भएको ठाउँबाट केही पर राजपा नेता राजेन्द्र महतोको डेरा छ । 


बम विस्फोट भएको ठाउँमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरी अनुसन्धान भइरहेको धनुषाका प्रहरी नायब उपरीक्षक प्रवीण धितालले जानकारी दिए। 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर