1478958692 banner ad format

 
 

बनियानी (झापा)। बिर्तामोडको बेग्लाबेग्लै स्थानमा आज बम फेला परेको छ । 

sutli bumb

बिर्तामोड नगरपालिका–६ स्थित देवी उच्च मावि नजिकै सडक छेउ र सुब्बाचोकस्थित मैदानमा सुतुली बम फेला परेको इलाका प्रहरी कार्यालय, अनारमनीले जनाएको छ । 

मतदान केन्द्र रहेको देवी माविको करिब १५० मिटर नजिकै तार निस्किएको अवस्थामा बम फेला परेको हो । बिहान मर्निङवाकमा हिँड्ने मानिसले देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

 दुबै स्थानमा फेला परेको बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको इप्रका अनारमनीका प्रहरी नायब निरीक्षक केशवकुमार थेवेले जनकारी दिए। 

निर्वाचन विरोधी समूहले त्रास फैलाउन बम राखेको हुन सक्ने अनुमान प्रहरीको छ । बम फेला परेपछि स्थानीय त्रसित भएका छन् । 

प्रकासित मिति

Loading...

 

yummyfood