annapurna add

सल्यान -  ट्याक्टर दुर्घटना हुदा सल्यानमा एक जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन्। जिल्लाको त्रीबेणी गाउँपालिका वडा नम्बर ३ लोटाउनेमा शुक्रबार रा १ त २२६९ नम्बरको ट्याक्टर दुर्घटनाहुदा ट्याक्टरमा सवार सिम्क घर भै हाल लुहाम निबासी अन्दाजी ३५ वर्षिय केशब खड्काको दुर्घटना स्थलमै ज्यान गयको हो। आफ्नै नया घर बनाउनको लागि मृतक खड्काले ट्याक्टर मार्फत ढुङ्गा बोकाइरहेको बताएको छ।

ट्याक्टर दुर्घटनामा परि २३ वर्षिय प्रेम बहादुर बुढा र १६ वर्षिय जीवन भन्डारी घाईते भएको जिल्ला ट्राफिक कार्यालय सल्यानका प्रमुख ज्ञानेन्द्र शर्माले बताएका छन।


घाइतेहरुको कान्तिपुर सामुदायिक अस्पताल श्रीनगरमा उपचार भैराखेको छ। उनिहरुको टाउको र खुट्टामा चोटलागेको अस्पतालले जनाएको छ। ढुङेबगर देखि लुहामको लागि ढुङ्गा ल्याइरहेको ट्याक्टर लोटाउनेको ओरालोमा ट्राली छुट्टिएर दुर्घटना भएको बताएको छ। ओरालोमा ब्रेक नलागेपछि ट्राली छुट्टीएर ट्याक्टरको अगाडिको भाग खोल्सामा पसेपछि दुर्घटना भयको ट्राफिक प्रमुख शर्माले बताएका छन। ट्याक्टर चालक बिनोद बिस्टलाई थप अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर