1478958692 banner ad format

 
 

सप्तरी । वर्षासँगै चट्याङ पर्दा सप्तरीको विषहरिया गाविस हाल छिन्नमस्ता गाउँपालिकास्थित इँटा उद्योगमा कार्यरत आधा दर्जनभन्दा बढी भारतीय मजदुर घाइते भएका छन् । 

घाइते हुनेहरुमा भारत बङ्गाल राज्यको कुच विहार सहर निवासी ४० वर्षीय नुरजमाल र उनकी ३५ वर्षीया पत्नी अमिलाविवि, ३६ वर्षीय अहमद मियाँ र उनको ६ वर्षीय छोरा अरमान, ४५ वर्षीय तैयव, ११ वर्षीय आलमिन, ३० वर्षीय सौफियार र ४५ वर्षीया मेजिला छन् । 

चट्याङ लागेर गम्भीर घाइते भएका नुरजमाललाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ भने बाँकी सबैको उपचार राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल भइरहेको छ ।  घाइते सबै हिरो इँटा उद्योगमा कार्यरत मजदुर छन् । 

यस्तै उदयपुरको सुनकोसी गाउँपालिका–५ स्थित जाँते डासिङटारमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सोही ठाउँ बस्ने पदमबहादुर विकको ११ वर्षीया छोरी तुलसा विक रहेकी छन् । घरमा बसिरहेको अवस्थामा अचानक चट्याङ खस्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रकासित मिति

Loading...

 

yummyfood