annapurna add

काठमाडौँ । बेलायत सरकारले कोरोना भाइरससँग जुध्न नेपाललाई १० मिलियन पाउन्ड (१ अर्ब ५२ करोड) सहयोग घोषणा गरेको छ ।

'एमसीसी पास गरी छोड्ने' भन्दै परराष्ट्रमन्त्री ज्ञवालीले ल्याए १५ बुँदे राष्ट्रघाती प्रतिवेदन (पूर्णपाठ)

लन्डनस्थित नेपाली दूतावासका अनुसार सहयोग रकममध्ये नेपाललाई १० मिलियन पाउन्ड (१ अर्ब ५२ करोड) सम्म प्राप्त हुनेछ ।

यसअघि बेलायतले कोभिड १९ रोकथामकै लागि नेपाललाई ८.२ मिलियन पाउन्ड सहयोग प्रदान गरेको थियो ।

राजदूत दुर्गाबहादुर सुवेदीले बेलायत नेपालबीच दुई शताब्दीभन्दा लामो ऐतिहासिक कूटनीतिक सम्बन्ध र गोर्खाहरूको योगदान स्मरण गर्दै महामारीका बेला सहयोग गरिदिन बेलायतलाई आग्रह गरेका थिए ।

डिफिडले नेपाललाई प्रत्येक वर्ष सरदर ९२ मिलियन पाउन्ड सहायता गर्दै आएको छ ।

गोर्खा वेलफेयर ट्रष्टले पनि बेलायत र नेपालमा रहेका भूतपूर्व गोर्खाहरूलाई सबै प्रकारका सहयोग गरिरहेको दूतावासका उपनियोग प्रमुख शरदराज आरनले बताए ।

वेलायतको गरेको सहयोगलाई अमेरिकाको मिलेनिय च्यालेन्ज कर्पोरेशन (एमसीसी)को काउन्टरका रुपमा लिइएको छ ।

कुटनीतिज्ञहरुका अनुसार बेलायतले विना सर्त ठूलो रकम नेपाललाई सहयोग गरेर अमेरिकालाई गतिलो जवाफ दिएको छ ।

अमेरिकाले विभिन्न सर्तहरु राखेर नेपालका अनुदान सहयोग गर्न लागेपछि एमसीसीको चर्को विरोध भइरहेको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...