annapurna add

रौतहटको देवाहीगोनाही नगरपालिकाको चौथो नगर सभाले ४९ करोडको बजेट बिनियोजन गरेको छ ।

Budget allocation of Rs 49 million by Devahigonahi Municipalityदेवाहीगोनाही नगरपालिकाको प्रांगणमा सोमबार आयोजित एक समारोहका बीच मेयर धर्मेन्द्र पटेलले नगरसभाको उदघाटन गरेका थिए ।

मेयर पटेलले नगरपालिकाको आर्थिक बर्ष २०७७/७८काे लागि नगरको समग्र विकासको लागि कुल आय अनुमानित रकम ४९ करोड २ लाख ३४ हजार २९ रुपैया बजेट प्रस्तुत गरेका थिए ।

मेयर पटेलले नगरपालिकाको आय व्ययको अनुमान विवरण आन्तरिक राजस्वबाट १ करोड, राजश्व बाँडफाड संघबाट ७ करोड १८ लाख ६ हजार १ सय १० रुपैयाँ, प्रदेशबाट ३६ लाख २५ हजार, संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान १० करोड ७६ लाख रहेको छ ।

त्यसैगरी संघीय सरकारबाट सशर्त अनुदान १५ करोड ४४ लाख, संघीय सरकारबाट समपुरक अनुदान १ करोड ९४ लाख, संघीय सरकारबाट विशेष अनुदान १ करोड, प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान ७१ लाख ६३ हजार, प्रदेश सरकारबाट सशर्त अनुदान ८० लाख, प्रदेश सरकारबाट विशेष अनुदान ३० लाख, प्रदेश सरकारबाट समपुरक अनुदान २० लाख रहेको छ ।

त्यस्तै गत वर्षको खर्च हुन बाँकी रहेको बैंक मौज्दात नगद ९ करोड ३२ लाख ३९ हजार ९ सय १९ रुपैया आय रहेको छ। नगरसभाले भौतिक पूर्वाधार निर्माण , शिक्षा ,स्वास्थ , कृषिलाई विशेष प्राथमिकतामा राखेको छ ।

मेयर पटेलका साथै उपमेयर परनिया देवि पटेल , निमित्त प्रमुख प्रशासकीय अधिकृत राजदेव राम लगायतकाले मन्तब्य राखेका थिए ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...