1478958692 banner ad format

 
 

सल्यान । दाङको घोराहीबाट रुकुम खलङ्गाका लागि छुटेको ना ४ ख ५७५४ नंको बस आज बिहान त्रिवेणी गाउँपालिका–५ सल्लेखोला नजिकै दुर्घटनामा पर्दा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । 

accident


घाइते चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ । मृत्यु हुनेमा छत्रेश्वरी गाउँपालिका झिम्पे निवासी ५२ वर्षीय रातो खड्का तथा अर्का सनाखत हुन नसकेका व्यक्ति छन् । घाइतेको जिल्ला अस्पताल खलङ्गा र विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । 


गम्भीर घाइते भएकाहरुलाई भने नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । अत्यधिक गतिका कारण अनियन्त्रित भई बस सडकबाट झण्डै ५० मि तल झरेको बताइएको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood