annapurna add

विराटनगर : विराटनगर बसपार्कमा चार महिनादेखि थन्किएका बसका टायर चिरा पर्न थालेका छन् । लामो समयसम्म रोकेर एकै स्थानमा राखिएका बसका टायर काम नलाग्ने अवस्थामा पुगेका हुन् ।

यातायात मजदुर घरमा भएका कारण रोकिएका गाडी ‘स्टार्ट’समेत गरिएको छैन । जसका कारण ब्याट्री बसिसकेको छ भने इन्जिनमा खिया लागिसकेको छ । बन्दाबन्दीको मार खेप्नुपरेका क्षेत्रमध्ये पर्यटनजस्तै यातायात क्षेत्रले ठूलो धक्का बेहोर्नुपरेपछि गाडीका सञ्चालकसमेत बसपार्क क्षेत्रमा आउनै नसक्ने अवस्थामा पुगेको बताउँछन् ।

बसपार्क टेक्न मन लाग्दैन, सुनौलो पूर्व नेपाल यातायात प्रालिका अध्यक्ष राजन कँडेलले भन्नुभयो, “बसपार्कमा बस रोकिएनन् मात्रै दैनिक खर्चसमेत बढाइरहेका छन् । ” उहाँका अनुसार लामो समय रोकिएका गाडीको टायर, ब्याट्री, ब्यारिङ अनिवार्य फेर्नुपर्ने हुन्छ । इन्जिनमा आउने खराबीलाई मर्मत गर्नुपर्छ । बसपार्कका गाडी कवाडी बनिसकेको अध्यक्ष कँडेलको दाबी छ ।

विराटनगर बसपार्कबाट पाँच कम्पनीका छ सय गाडी देशका विभिन्न भागका लागि छुट्छन् । सुनौलो पूर्व यातायात प्रालिमा मात्र २५० भन्दा बढी गाडी आबद्ध छन् । त्यसबाहेक विराट मिनी यातायात, दिवा तथा रात्रि परिवहन सेवा, विराटेश्वर यातायात र सूर्योदय यातायातका गाडी विराटनगर बसपार्कलाई आधार बनाएर चल्ने गरेका छन् । सबै कम्पनीमा गरेर एक अर्ब २० करोड बराबरको लगानी छ ।

बन्दाबन्दीपछि बसपार्कमै थन्किएका गाडी पुनः चलाउनका लागि प्रत्येकमा दुई लाख ५० हजार रुपियाँको मर्मत खर्च आउने अर्का व्यवसायी राजु धमलाको भनाइ छ । सामान्य अवस्थामा दैनिकी फर्किएसँगै गाडी धमाधम गुडाउन नमिल्ने धमलाले बताउनुभयो । लामो रुटका गाडी मर्मतबिना सञ्चालन गर्नु जोखिम हुने र छोटो दूरीका गाडीमा समेत त्यही नियम लाग्ने धमलाले बताउनुभयो ।

यातायात क्षेत्र त्यति सजिलै उठ्नसक्ने अवस्थामा नरहेको व्यवसायी बताउँछन् । सुनौलोका अध्यक्ष कँडेलका अनुसार ६० महिनाको बैङ्क ऋणमा खरिद गरिएका गाडीको चार महिनाको किस्ता र बैङ्क ब्याज बुझाउन सकिएको छैन ।

बन्दाबन्दी अवधिको बैङ्क ब्याज मिनाहा हुनुपर्ने बताउँदै कँडेलले भन्नुभयो, “सावाँ बुझाउने म्याद चार महिना थप्न सरकारले सहजीकरण गर्नुपर्छ, चार महिनाको ब्याज बैङ्कले माग्नुहुन्न ।

” बन्दाबन्दीभर मजदुरलाई दिनुपर्ने पारिश्रमिकको विषयमा अहिले कसैले पनि आवाज नठाएको र उठाए पनि सम्भव नभएको कँडेलले बताउनुभयो ।

विराटनगर बसपार्कमा घर जान नपाएका मजदुरलाई गाडीका सञ्चालकले नै मिलेर ८४ दिनसम्म खाना खुवाएको कुरालाई यातायात मजदुरले गुन सम्झने बुझाइ व्यवसायीको छ ।

बीमा कम्पनीको प्रिमियम बुझाउनुपर्ने यातायात व्यवसायीले दुर्घटनामा व्यक्तिको मृत्यु भए पैसा जम्मा गर्नुपर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ ।

बीमाले बेहोर्नुपर्ने रकम गाडी सञ्चालकको टाउको दुःखाइ बनिरहेकाले त्यसमा समेत केही परिमार्जन हुनुपर्ने उनीहरू बताउँछन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...