1478958692 banner ad format

 
 

जितपुर (कपिलवस्तु) । कपिलवस्तुमा सर्पले डसेका एक युवकको मृत्यु भएको छ । रोल्पा सुगरनवती गाउँपालिका–१ का १७ वर्षीय मुकेश पुनको सर्पले डस्दा मृत्यु भएको हो । आइतबार राति घरमा सुतेको अवस्थामा उनलाई करेट सर्पले डसेको थियो । 

Caret snake min

सर्पले डसेलगत्तै शुरुमा पुनलाई धामी–झाँक्री कहाँ लगिएको र त्यसपछि आज उपचारका लागि कपिलवस्तु सर्पदंश उपचार केन्द्र गोरुसिङेमा ल्याउँदै गर्दा उहाँको बाटोमा नै मृत्यु भएको हो । झारफुक र समयमै उपचार नपाउँदा पुनको ज्यान गएको कपिलवस्तु सर्पदंश उपचार केन्द्र गोरुसिङेका व्यवस्थापक नवीन भण्डारीले जानकारी दिए । 

यस उपचार केन्द्रमा कपिलवस्तु जिल्लासँगै रोल्पा, प्यूठान, दाङ, अर्घाखाँची, रुपन्देही लगायतका जिल्लाबाट समेत बिरामी आउने गरेको भण्डारीले जानकारी दिए ।

प्रकासित मिति

Loading...

 

yummyfood