1478958692 banner ad format

 
 

काठमाडौँ। नेपालका बुद्घिजीवी तथा राजनीतिक विश्लेषकहरूले नयाँ सरकारसामु सङ्घ, प्रदेश र बाँकी स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने चुनौती र अवसर भएको बताएका छन । 

challenge and opportunity to the local government elections

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि देशको समसामयिक राजनीतिमाथिको बहस गर्न रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उनिहरूले प्रमुख प्रतिपक्ष एमालेसहित मधेसवादी दलहरू र अन्य असन्तुष्ट पक्षलाई सहमतिमा ल्याएर बाँकी निर्वाचन सम्पन्न गर्ने चुनौती देउवाको काँधमा आएको बताए । 

उनिहरूले मधेस समस्या अधुरो राखेर वा असन्तुष्ट पक्षको माग सम्बोधन नगरी सुरक्षाकर्मीको प्रयोग गरी सम्पन्न गरिने निर्वाचनले निकास ननिस्कने बताए । 

राजनीतिक विश्लेषक पुरुषोत्तम दाहालले प्रधानमन्त्री देउवा राजनीतिक सन्तुलन गर्न सक्ने क्षमता भएको व्यक्ति भएको बताउँदै दोस्रो चरणको स्थानीय तहको चुनावसहित सङ्घ र प्रदेशको निर्वाचन सफलतापूर्वक सम्पन्न हुने विचार प्रकट गरे । 

उनले नेपाली काँग्रेसभित्रको आन्तरिक सन्तुलन, प्रमुख प्रतिपक्ष एमालेसँगको सन्तुलन तथा असन्तुष्ट पक्षसँगको सन्तुलन मिलाउने महत्वपूर्ण जिम्मेवारी उनको काँधमा रहेको बताए । 

पूर्व राजदूत विजयकान्त कर्णले बल प्रयोग गरी सम्पन्न गरिने निर्वाचनबाट देशको समस्या समाधान नहुँने बताउँदै जर्मनीमा बल प्रयोग गरी सम्पन्न गरेको निर्वाचनबाट हिटलरको उदय भएको उदाहरण प्रस्तुत गरे । 

बुद्धिजीवि डा सुन्दरमणि दीक्षितले प्रजातन्त्रमा दलहरू आफ्नो सिद्धान्तप्रति अटल हुनुपर्ने बताउँदै सिद्धान्तको अभावमा देशको राजनीति अन्यौलतातिर धकेलिन सक्ने खतरा औँल्याए । 

राजनीतिक विश्लेषक डा सुरेन्द्र केसीले राजनीतिक दलहरूले जनताको भावनालाई कुठाराघात गरेकाले देशमा अन्यौलको स्थिति सिर्जना भएको बताउँदै देशको समस्या समाधान गर्न सत्ता व्यवस्थापन हुनुपर्ने विचार व्यक्त गरे । 

प्रकासित मिति

Loading...

 

yummyfood